नापोलीलाई हराउँदै बार्सिलोना क्वाटरफाइनलमा

99

काठमाडौं । कप्तान लियोनल मेसीको प्रेरणादायी प्रदर्शनमा स्पानिस क्लब बार्सिलोना युरोपियन च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । शनिबार राति भएको प्रिक्वाटरफाइनल दोस्रो लेगमा इटालियन क्लब नापोलीलाई ३–१ ले पराजित गर्दै बार्सिलोनाले समग्रमा ४–१ को जित हात पारेको हो ।नापोलीको मैदानमा भएको पहिलो लेग १–१ को बराबरीमा सकिएको थियो ।

क्याम्प नाउमा भएको दोस्रो लेगमा बार्सिलोनालाई सहज जित दिलाउन कप्तान लिओनल मेसी, क्लेमेन्ट लेङलेट र लुइस सुआरेजले गोल गरे । घरेलु मैदानमा भएको खेलमा लेङलेटले १०औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । २३औं मिनेटमा मेसीले उत्कृष्ट गोल गर्दै बार्सिलोनाको अग्रता दिलाए ।

३०औं मिनेटमा मेसीले गोल अर्को गोल गरेका थिए । तर भिएआरले उक्त गोललाई मान्यता दिएन । पहिलो हाफको इन्जुरी टाइममा सुआरेजले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ३–० को अग्रता दिलाए । पहिलो हाफको इन्जुरी टाइममा नापोलीले पनि पेनाल्टी पायो र त्यसमा लरेन्जो इनसिग्नेले गोल गरे ।

तर दोस्रो हाफमा दुवै टिमबाट गोल भएन र बार्सिलोनाले ३–१ ले खेल जित्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । बार्सिलोनाले लगातार १३औं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनलमा पुगेको हो । पाँच पटकको च्याम्पियन बार्सिलोनाले अब क्वाटरफाइनलमा जर्मन च्याम्पियन बायर्न म्युनिखसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...