विश्वभर १ करोड ९२ लाखभन्दा बढी कोरोना संक्रमित, १ करोड २३ लाख निको भए

९८०५८र९५

एजेन्सी । विश्वभर कोरोना भाइरस संक्रमणबाट निको हुनेको संख्या १ करोड २३ लाख ७२ हजार ८०६ पुगेको छ। यस्तै संक्रमित हुनेको संख्या एक करोड ९२ लाख ७५ हजार ५६१ पुगेको छ। जसमध्ये ७ लाख १७ हजार ९३८ जनाको मृत्यु भइसकेको छ।

कोरोना भाइरसको महामारीका कारण विश्वमै सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या ५० लाख ३२ हजार ५४७ पुगेको छ। त्यहाँ ज्यान गुमाउनेको संख्या पनि एक लाख ६२ हजार ८०५ पुगेको छ।

अमेरिकापछि सबैभन्दा बढी संक्रमित रहेको ब्राजिलमा २९ लाख १७ हजार ५६२ जना संक्रमित भएकोमा ९८ हजार ६४४ जनाले ज्यान गुमाएका छन्।

यसैगरी संक्रमितको संख्यामा तेस्रो स्थानमा भारत रहेको छ। त्यहाँ २० लाख ३० हजार १ जनामा संक्रमण भएकोमा ४१ हजार ६७३ भन्दा धेरैको ज्यान गएको छ।

रसियामा ८ लाख ७७ हजार १३५ जना संक्रमित भएका छन् भने १४ हजार ७२५ जनाको मृत्यु भइसकेको छ। स्पेनमा ३ लाख ५४ हजार ५३० संक्रमित भएकोमा २८ हजार ५०० जनाले ज्यान गुमाएका छन्।

बेलायतमा ३ लाख ८ हजार १३४ संक्रमित भएकोमा ४६ हजार ४१३ जनाको मृत्यु भइसकेको छ।

पछिल्लो समय पेरुमा पनि संक्रमितको संख्या लगातार बढ्दै गएको छ। त्यहाँ संक्रमितको संख्या ४ लाख ५५ हजार ४०९ छ भने २० हजार ४२४ जनाको मृत्यु भइसकेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...