अमेरिकामा टिकटक बन्द गर्ने कार्यकारी आदेशमा ट्रम्पले गरे हस्ताक्षर

 113843179 gettyimages 1227893336 efs4kmqrjq

एजेन्सी । भारतपछि अमेरिकाले चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकको माउ कम्पनी बाइटडान्ससँग कारोबारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा बिहीबार हस्ताक्षर गरेका हुन् ।

यो प्रतिबन्ध अबको ४५ दिनमा लागू हुनेछ । टिकटकसँगै वीच्याटमाथि पनि प्रतिबन्ध लगाइएको छ । यता, अमेरिकी प्रविधि कम्पनी माइक्रोसफ्टले टिकटकको अमेरिकीको अधिकार खरिद गर्न खोजिरहेको छ । अब डेढ महिनाभित्र माइक्रोसफ्टले यो डिल पूरा गर्नुपर्नेछ ।

ट्रम्पले चिनियाँ एप राष्ट्रिय सुरक्षा, विदेश नीति र अर्थतन्त्रको खतरा बनेको बताएका छन् । टिकटकले प्रयोगकर्ताको व्यक्तिगत जानकारी लिने गरेको र यसको मद्दतले चीनको कम्युनिस्ट पार्टीले अमेरिकाका कर्मचारीबारे जानकारी लिइरहेको उनको आरोप छ ।

यसबाट व्यवसायसम्बन्धी जासुसी गर्न सक्ने र व्यक्तिगत जानकारीको आधारमा ब्ल्याकमेलिङ पनि गर्न सक्ने उनले बताउँदै आएका छन् ।

ट्रम्पले गत शुक्रबार टिकटक प्रतिबन्ध गर्ने घोषणा गरेका थिए । यो हप्ता उनले माइक्रोसफ्टले टिकटक किन्ने कुरालाई समर्थन गर्ने बताएका थिए । तर, उक्त डिलबाट अमेरिकी सरकारले उल्लेखनीय हिस्सा प्राप्त गर्नुपर्ने उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

अन्ततः फुट्यो जसपा : अमेरिकामा उपेन्द्रलाई घ्यु र भात, अशोक राईलाई ७ सांसदको साथ

Jasapa bivajan

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल फुटेको छ । उपेन्द्र यादवको कार्यशैलीमा असन्तुष्टी जन...