अमेरिकामा कोरोनाबाट ५० लाख संक्रमित, एक लाख ६२ हजार बढीको मृत्यु

Corona virus second

काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या तुलनात्मक रुपमा घटेपनि सामाजिक दूरी कायम नहुदा संक्रमितको संख्या भने बढीरहेका छ । पछिल्लो २४ घण्टामा अमेरिकामा एक हजार १०६ जनाको मृत्यु भएको छ । अहिलेसम्म अमेरिकामा मृत्यु हुनेको संख्या एक लाख ६२ हजार नाघेको छ । पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या एक लाख ६२ हजार ७०७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५४ हजार ४२१ जना संक्रमित पुष्टि भएको छ । योसँगै अमेरिकामा संक्रमितको संख्या ५० लाख २७ हजार ९८९ पुगेको छ । त्यस्तै अमेरिकामा अहिलेसम्म २५ लाख ६९ हजार ९०२ जना ठिक भएका छन् भने सक्रिय संक्रमित २२ लाख ९५ हजार ३८० जना रहेका छन् । त्यस्तै अमेरिकामा अहिले १८ हजार ४३७ जना आइसीयुमा उपचारत रहेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...