विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने व्यक्तिको संख्या ६ लाख ९७ हजार नाघ्यो

Corona 13 e1590631748141

एजेन्सी । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण ६ लाख ९७ हजार २८१ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जानकारी दिएको छ । सो संगठनकाअनुसार मङ्गलबारसम्म विश्वभरीमा १ करोड ८४ लाख ५० हजार ८३७ जना व्यक्ति कोरोना संक्रमित भएका छन् ।

क्रमित मध्ये हालसम्म १ करोड १६ लाख ८१ हजार ९६० व्यक्ति कोरोना मुक्त भएका छन् ।  विश्वभरमा ६० लाख ७१ हजार ५९६ व्यक्ति कोरोना भाइरस संक्रमित रहेका उनीहरुको उपचार भइरहेको छ ।  संक्रमितहरु मध्ये ६४ हजार ६७२ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ । डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ४८ लाख ६२ हजार २८५ जनामा कोरोना भाइरसका संक्रमित रहेका छन् ।  यस प्रकोपका कारण अमेरिकामा १ लाख ५८ हजार ९३१ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४२ लाख ८७ हजार ८३५ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ १ लाख ४८ हजार ४०८ जनाको मृत्यु भएको छ । उत्तर अमेरिकामा ५७ लाख १४ हजार ७५९ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ दुई लाख २३ हजार १०५ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख २४ हजार ९४४ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने दुई लाख ४ हजार ६४ को मृत्यु भएको छ । एसिया ४५ लाख २९ हजार ५९९ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने एक लाख ७३५ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा ९ लाख ७२ हजार २८७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २० हजार ६७१ जनाको मृत्यु भएको छ ।  ओसियानामा २० हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने २५७ जनाको मृत्यु भएको छ ।
 

प्रतिकृया दिनुहोस