भ्रष्टाचारको आरोपपछि स्पेनका पूर्वराज कार्लोस देश छोड्दै

Spaines king

काठमाडौँ । भ्रष्टाचारको आरोप लागेपछि स्पेनका पूर्व राजाले देश छाड्ने निर्णय गरेका छन् । स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छोड्ने निर्णय गरेका हुन् । स्पेनिस राजदरबारले जनाए अनुसार उनले यससम्बन्धि जानकारी आफ्ना छोरालाई गराइसकेका छन् । केही हप्ताअघि शुरु गरिएको भ्रष्टाचार अभियोगको अनुसन्धानमा तानिएपछि ८२ वर्षीय पूर्व राजा ख्वान कार्लोसले देशै छोड्ने निर्णय गरेको हुनसक्ने अनुमान गरिएको छ । पूर्व राजा कार्लोसले पत्र लेखेर देश छोड्ने सम्बन्धि जानकारी छोरा फेलिपेलाई गराएका हुन ।

छोरा फेलिपेलाई ६ वर्षअघि ख्वानले सत्ता हस्तान्तरण गरेका थिए । स्पेनको सर्वोच्च अदालतले गत जुनमा साउदी अरेबियामा तीव्र गतिको रेल बनाउने सम्झौतामा पूर्व राजा ख्वानको संलग्नता रहेका बारेमा अनुसन्धान थालेको थियो । देश छाड्ने निर्णय गरेका पूर्व राजा कुन देशमा बस्न जानेछन् भन्ने यकिन भैसकेको छैन तर अब उनी देशभित्र भने नरहेने प्रष्ट भएको स्पेनिस सञ्चारमाध्यमहरुले जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...