भारतमा नक्कली रक्सी पिउँदा ३८ जनाको मृत्यु

Alchohal

पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय संचार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिएका छन् । उनले रक्सी बनाइने ठाउँमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताएका छन् ।

भारतकै आँन्ध्र प्रदेशमा लकडाउनका कारण सेनेटाइजरको रक्सी बनाएर पिउँदा १० जनाको ज्यान गएको छ । उक्त घटनापछि शहरको सेनिटाइजर स्टकलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

मानिसहरुको मृत्यु भएपछि राज्य सरकारले न्यायिक छानबिनको आदेश दिएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ । आन्ध्र प्रदेशको प्रकाशम जिल्लाको कुरीचेदु गाउँमा सेनेटिजाइटर पिउँदा १० व्यक्तिको मृत्यु भएको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...