सुशान्तसिंह राजपूतकी प्रेमिकाविरुद्ध प्रहरीमा उजुरीः पैसा असुलेको र आत्महत्यका लागि उक्साएको आरोप

1595985733

एजेन्सी । बलिउड अभिनेता सुशान्तसिंह राजपूतकी प्रेमिका रिया चक्रवर्तीविरुद्ध प्रहरीमा उजुरी परेको छ। सुशान्तका पिता केके सिंहले उनीविरुद्ध पटनाको राजीवनगर थानामा उजुरी (एफआइआर) दर्ता गराएका हुन्।

उनले गत २५ जुलाईमा दर्ता गराएको उजुरीमा रियालाई सुशान्तसँग पैसा असुलेको र आत्महत्यका लागि उक्साएको आरोप लगाइएको छ। उजुरीपछि पटना प्रहरी मुम्बई गएको छ।

सुशान्त गत १४ जुनका दिन मुम्बईको बान्द्रास्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका थिए। प्रहरीले यसलाई आत्महत्या भनेको छ। तर उनका फ्यानहरुले यसलाई हत्या भन्दै सिबीआईको संलग्नतामा छानबिन गरिनुपर्ने माग गर्दै आएका छन्।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...