मलेशियाका पूर्वप्रधानमन्त्री भ्रष्टाचार मुद्दामा दोषी ठहर

Najib razak jtdtb2fgiw

एजेन्सी । मलेशियाका पूर्वप्रधानमन्त्री नजिब रजाक लाखौँ डलर भ्रष्टाचार भएको एउटा मुद्दामा दोषी ठहर भएका छन्। भ्रष्टाचारसम्बन्धी विभिन्न मुद्दामध्ये पहिलोको निर्णय सुनाउँदै अदालतले उनी विरुद्ध लागेका सातवटै अभियोगमा नजिब दोषी भएको ठहर गरेको हो। उनले आपराधिक प्रयोजनका लागि विश्वासघात गरेको, सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगजस्ता अभियोगहरु अस्वीकार गरेका थिए।

उक्त मुद्दालाई मलेशियाको कानुनी शासन स्थापना र भ्रष्टाचार नियन्त्रणको प्रयासको महत्त्वपूर्ण परीक्षा मानिएको थियो । मलेशियाको वनएमडीबी नामक कोष अपचलन काण्डले विश्वभरि भएका जालसाजी र भ्रष्टाचारलाई उजागर गरिदिएको छ । उच्च अदातलका न्यायाधीश मोहमद नज्लान मोहमद गजलीले सबै प्रमाणका आधारमा अभियोजन पुष्टि भएको घोषणा गरेका हुन्। मंगलवारका फैसलाहरु सरकारी कोषबाट तात्कालिक प्रधानमन्त्रीका निजी खाताहरुमा चार करोड २० लाख रिङ्गिट (झन्डै एक करोड अमेरिकी डलर) सारेको विषयसँग सम्बन्धित छन्।

नजिब सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री थिए। उनले आफूले गल्ती नगरेको बताउँदै आफ्ना आर्थिक सल्लाहकारहरुले झुक्याएको दाबी गरेका छन्। उनकाअनुसार फरार भएका झो लूले उनलाई भ्रममा पारेका थिए।झो लूलाई अमेरिका र मलेशियामा मुद्दा चलाइएकको छ। तर उनी आफू निर्दोष भएको बताउँछन्। नजिबका वकिलहरुले उनको खातामा आएको रकम साउदी राजपरिवारबाट चन्दा आएको बताइएको तर्क गरेका थिए। नजिबलाई प्रत्येक अभियोगका लागि १५ देखि २० वर्ष कारागार हुनसक्छ। यसअघि नजिबले आफ्नो विपक्षमा फैसला आए पुनरावेदन गर्ने बताएका थिए।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...