कोरोनाको प्रकोपः अमेरिकामा झनै बढ्न थाले मृतक र संक्रमित, शनिवार मात्रै यति धेरै संक्रमित बढे

Usa

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण अहिलेसम्म ६ लाख ४८ हजार ४४० जनाको मृत्यु भएको छ भने १ करोड ६२ लाख ३२६ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९९ लाख १३ हजार ७२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ६६ हजार २०३ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४९ हजार ३९८ जनाको मृत्यु भएको छ भने ४३ लाख १५ हजार ७०९ जनालाई संक्रमण भएको छ । त्यस्तै २० लाख ६१ हजार ६९२ जना संक्रमण मुक्त भएका छन् भने १८ हजार ९८४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा अहिलेसम्म् ८ हजार ४२७ जनाको मृत्यु भएको छ भने ४ लाख ५३ हजार १२१ जनालाई संक्रमण भएको छ । त्यस्तै न्युयोर्कमा ४ लाख ३९ हजार २८० जनालाई संक्रमण भएको छ भने ३२ हजार ६७९ जनाको मृत्यु भएको छ । त्यस्तै फ्लोरिडामा ५ हजार ७७८ जनाको मृत्यु भएको छ भने ४ लाख १४ हजार ५११ जनालाई संक्रमण भएको छ । अमेरिकामा शनिवार मात्रै ६७ हजार ४१३ जना संक्रमित थपिएका छन् भने ९०८ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस