विद्यार्थीको जीवनभन्दा ठूलो परिक्षा हुन सक्छ की सक्दैन ?

Pawan karki final

चीनको वुहान शहरबाट प्रारम्भ भएको भनिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण तिब्र रुपमा विश्वव्यापी बनिरहेकोछ । यस भाइरसको बिरुद्ध कुनै खोप र औषधि पत्ता नलागेको अवस्थामा यसको संक्रमण फैलन नदिन नेपालसहित विश्वका धेरै जसो मुलुुकहरु लकडाउनको अवस्थामा रहेका छन् ।

नेपालमा अहिले सम्म संक्रमणको तिब्रता कम देखिए पनि छिमेकी मुलुक भारतमा तिब्र रुपमा फैलिरहेको संक्रमण नेपालको लागि पनि जोखिमपूर्ण रहन सक्ने सम्भावना सहित विश्व स्वास्थ्य संगठनले नेपाललाई संक्रमणकोे उच्च जोखिम रहेको मूलुकको रुपमा राखेको छ । यस अवस्थाकोे असहज परिस्थितीले प्रभावित भएको दैनिक मानवीय जीवन, विकास निर्माण, सामाजिक विकास तथा गतिशिलताका धेरै पक्षहरु मध्ये शिक्षा एउटा महत्वपूर्ण पक्ष हो ।

विद्यार्थी, शिक्षक, अभिभावक तथा सरोकारवालाहरुमा मनोवैज्ञानिक सन्त्रास व्याप्त रहेकोछ । यसैगरी सामुदायिक विद्यालयमा पढ्ने धेरै जसो विद्यार्थीहरु दैनिक ज्याला मजदुरी गर्ने न्युन आय वर्गका परिवारका छन् । लकडाउनको यस परिस्थितीमा उनीहरुको परिवारमा हातमुख जोर्ने समस्याले विद्यार्थीहरुमा पर्ने मनोवैज्ञानिक असर र त्यसपछिको सिकाइमा यसले पार्ने गम्भीर असर अर्को महत्वपूर्ण पक्ष हो ।

सम्भावित संक्रमणका जोखिमलाई ध्यान दिई लकडाउन भन्दा पहिले नै नेपालमा शैक्षिक वर्ष २०७६ को विद्यालय तहको कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षा पटक–पटक मिति परिवर्तन गर्दै निर्धारित समय भन्दा पहिले हतार र त्रासको बिचमा सम्पन्न गरियो । राष्ट्रिय परीक्षा बोर्डद्वारा सञ्चालन गरिने कक्षा १० को परिक्षा आन्तरिक मुल्यांकनका आधारमा अंकभार दिएर सम्पन्न गर्ने भनिएको छ, कक्षा ११ को परिक्षा आन्तरिक रुपमा कलेजहरुले लिने छन् भने कक्षा १२ को परिक्षा असोज पहिलो साता गर्ने कुरा छ । स्नातक तहको परिक्षा भदौ पहिलो हप्ताबाट सुरु गर्ने तयारीमा त्रिभुवन विश्वविद्यालय छ । त्रिभुवन विश्वविद्यालयले भदौ दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने तयारी थालेको छ । लकडाउन कायमै रहे पनि परीक्षा सञ्चालनका लागि १/२ दिनमै कार्यतालिका प्रकाशन गरिने त्रिविले जनाएको छ ।

सम्भव भएसम्म परम्परागत र नभए अन्य विधि प्रयोग गरेर पनि परीक्षा लिने त्रिविको तयारी छ । विज्ञहरुले पनि लकडाउनको कारण प्रभावित बनेका र नियमित हुनुपर्ने परीक्षा सञ्चालन गर्न त्रिविलाई सुझाव दिएका छन् । विश्वविद्यालय अनुदान आयोगले अनलाइनसहितका वैकल्पिक विधि प्रयोग गरेर पठनपाठनका साथसाथै परीक्षा सञ्चालन गर्न सुझाएको थियो । आयोगले कोरोना महामारीले उच्चशिक्षामा पुर्‍याएको क्षति न्यूनिकरणका लागि छाता निर्देशिका समेत जारी गरेको छ । चैतदेखि देशभरका विश्वविद्यालय र क्याम्पसमा शैक्षिक गतिविधि ठप्प छ । ११ वटै विश्वविद्यालयले अनलाइन माध्यमबाट अध्यापन थालेका छन् ।

समयसीमा तोकेर खुल्ला पुस्तक, गृहकार्य, कक्षाकार्य, प्रस्तुतीकरण, अनलाइन विधिबाट परीक्षा लिन सकिने निर्देशिकामा उल्लेख छ । विद्यार्थीले घरबाटै उत्तर लेख्ने विकल्प समेत दिन सकिने व्यवस्था गरिएको हो । वैकिल्पक प्रकृतिका परीक्षा सञ्चालन गर्दा विश्वविद्यायको आधिकारिक निकायको पूर्वस्वीकृति भने लिएको हुनुपर्नेछ । ‘परीक्षा सञ्चालन गर्न सम्भव नभएमा पछिल्लो सेमेष्टर वा वर्षको पठनपाठन सुचारु गरि परिस्थिति सहज भएपछि अघिल्लो सेमेष्टरको परीक्षा सञ्चालन गर्न सकिनेछ,’ निर्देशिकामा भनिएको छ । विद्यार्थीलाई पछि परीक्षा लिने गरि सेमेष्टर प्रणाली वा वर्षमा स्तरोन्नति गर्न सकिने बाटो खुलेको हो ।

प्रयोगात्मक विषयका लागि भर्चुअल र घरमा आधारित प्रयोगशालाको प्रयोगबाट पनि परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था गरिएको हो । स्नातक, स्नातकोत्तर, एमफिल र पिएचडी तहका मौखिक परीक्षाहरु अनलाइनबाटै सञ्चालन गर्न सकिने भएको छ । त्यस्ता परीक्षाको अभिलेख भने सुरक्षित राख्नुपर्नेछ । शोधग्रन्थ (थेसिस) बुझाउन म्याद गुज्रेका वा गुज्रने अवस्थामा रहेका विद्यार्थीका लागि ६ महिनाको अवधी सम्बन्धित विश्वविद्यालयले थप गर्न सक्ने व्यवस्था गरिएको हो ।

लकडाउन, कोभड १९ र बाढी पहिरो बाट समस्यामा परेका विद्यार्थीहरुलाई राहत सहुलियत सहित उचित स्वास्थ सुरक्षाको ब्यबस्थापन बिना विश्वविद्यालयको परिक्षा तालिका निकाल्न हतार नगरौं । लकडाउन मात्र खुलेको हो कोरोना नियन्त्रण भएको छैन । विद्यार्थीको स्वास्थ सुरक्षाको ब्यबस्थापनको विधि तय गरौं । विद्यार्थीहरु बिगत ४ महिनादेखि अध्ययनबाट बन्चित छन्, उनीहरुलाई अध्ययन र परिक्षा तयारीको लागि केही समय छुट्याउन आवश्यक छ ।

विद्यार्थीहरु आ-आफ्नो घरमा छन उनिहरु कलेज र विश्वविद्यालय सम्म आउनका लागि समय लाग्ने हुँदा त्यसलाई पनि मध्यनजर गरौं । त्यसका लागि सर्वप्रथम कन्टयाक ट्रेसिङको आवश्यकता छ । सहरी क्षेत्रमा भाडामा बसेर अध्ययन गर्नुपर्ने विद्यार्थीहरुलाई ४ महिनाको भाडाले थप तनाव दिने हुंदा उनीहरुलाई उचित राहत र सहुलियतका लागि बाताबरण बनाउन आवश्यक छ ।

विश्वविद्यालय हरुले आफ्ना विद्यार्थीहरु कहाँ छन, परिक्षामा सहभागी हुन सक्छन कि सक्दैनन्, उनीहरुको स्वास्थ सुरक्षाको ब्यबस्थापन कसरी गर्ने, परिक्षा कसरी लिने, शिक्षक कर्मचारी कसरी परिचालन गर्ने, स्वास्थ उपकरणहरुको ब्यबस्थापन कस्तो बनाउने भन्ने कुराको ख्याल गर्नु जरुरी छ । पहिला यी बिषयमा छलफल गरौ, उचित निकास सहित शैक्षिक बाताबरण तयार गरौं । अझै लामो दुरिका सवारी साधन संचालन भएका छैनन, बरु बाँकी रहेका रिजल्टहरु प्रकाशन गरौं । विद्यार्थीहरुको बसाइको डाटाअनुसार होम सेन्टरको ब्यबस्थापन गरौं । शुल्कको निर्धारणका बिषयमा छलफल गरौँ । विद्यार्थीलाई सहुलियत र उचित स्वास्थ सतर्कता बिना परिक्षा सम्भव हुँदैन जीवनभन्दा ठूलो परिक्षा हुन सक्दैन । तसर्थ तत्काल उचित बाताबरण बनाउन र निश्चिति समय दिएर मात्र परिक्षा तालिका सार्बजनिक गरौं ।

भौतिक रुपमा विद्यार्थीहरुलाई उपस्थित गराएर परिक्षा लिने हो भने विद्यार्थीहरुको आरडीटी/पिसिआर लगायतका स्वास्थ परिक्षणको जिम्मा सम्बन्धित विश्वविद्यालय वा सरकारले लिनुपर्ने र विद्यार्थीहरुले विश्वविद्यालयमा बिमा शुल्कबापत तिरेको रकमबाट सबै विद्यार्थीहरुको कोरोना बिमा गरिनुपर्ने देखिन्छ अन्यथा विद्यार्थी कोरोनाको प्रयोग गर्ने प्रयोगशाला बन्न सक्दैनन् ।

शिक्षा नियमावली वमोजिम बैशाख १ बाट विद्यालय तहको नयाँ शैक्षिक सत्र शुरु हुने व्यवस्था छ । विश्वविद्यालय तहका पनि आआफ्नै निर्धारित क्यालेण्डर छन् । २०७७ को शैक्षिक सत्र सम्बन्धमा अन्योल देखिएको छ । कोरोना महामारीको फैलँदो संक्रमणको अवस्थामा शैक्षिक संस्था सञ्चालन एवं शिक्षण कार्य सञ्चालन सम्बन्धमा विभिन्न वहस र छलफलहरु भइरहेका छन् । शैक्षिक सत्र बैशाख १ भन्दा पछि लैजान मिल्ने वा नमिल्ने ? यस महामारीको अवस्थामा शिक्षण सिकाइ कार्य कसरी सञ्चालन गर्न सकिन्छ ? भन्ने विभिन्न विचारहरु सतहमा देखापरेका छन् ।

कोरोना महामारीले विश्व नै त्रासदीमा छ । सरुवा रोगको रुपमा रहेको यस महामारीबाट सुरक्षित रहन मानवीय दुरी कायम गर्नुपर्ने अवस्था छ । शैक्षिक संस्था पूर्ववत् रुपमा सञ्चालन गर्दा WHO को मापदण्ड वमोजिम मानवीय दुरी कायम गर्नु पक्कै पनि सहज छैन । त्रासदीपूर्ण कोरोना महामारीबाट बच्नु र बचाउनु पहिलो प्राथमिकता हो ।

विद्यालय/कलेजमा उपस्थित भएर शैक्षिक कार्यमा संलग्न हुन अभ्यस्त भएका बालबालिकाहरु संक्रमणको सन्त्रासका कारण बन्द रहेकोले घरमा नै रहन बाध्य छन् । शिक्षक¸पाठ्यपुस्तक र विद्यार्थीको त्रीकोणीय सम्पर्कमा मात्र सिकाई हुनसक्छ भन्ने मनोविज्ञानका विच अहिले बालबालिका वास्तविक सिकाईमा छैनन् भन्ने आम वुझाई छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज साउन २४ गते शनिबार, शनी भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आँटेका काम बन्ने सङ्केत छैन । मुख्य काममा बाधा हुने देखिन...