विश्वभर बढ्दै कोरोना संक्रमण : भारतमा एकै दिन ११ सय बढीको मृत्यु

Corona test19

काठमाडौँ । विश्वभर कोरोना संक्रमणदर बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा विश्वभर दुई लाख ७८ हजार आठ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या एकै दिन पुष्टि भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो । अहिलेसम्म विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघेको वल्र्डओमिटरमा उल्लेख छ । यो बिहीबार बिहान ६ बजेसम्मको तथ्यांक हो ।

पछिल्लो २४ घण्टामा विश्वभर यसको संक्रमणबाट सात हजार एक सय १३ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वर कोरोनाको कारण मृत्यु हुनेको संख्या ६ लाख २९ हजार दुई सय ९६ पुगेको छ । गएको २४ घण्टामा सबैभन्दा धेरै ब्राजिलमा एक हजार दुई सय ९३ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन्। त्यसैगरी अमेरिकामा एक हजार दुई सय ११ र भारतमा एक हजार एक सय २० जनाले ज्यान गुमाएका छन्।

पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै अमेरिकामा ७१ हजार चार सय ७० जनामा संक्रमण पुष्टि भएको छ । त्यसैगरी ब्राजिलमा ६५ हजार तीन सय ३९, भारतमा ४५ हजार पाँच सय ९९, दक्षिण अफ्रिकामा १३ हजार भन्दा धेरै, मेक्सिकोमा झण्डै सात हजार, रुस र अर्जेन्टिनामा पाँचपाँच हजार भन्दा धेरैमा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस