के यो व्यवस्थामा महिलामाथिको हिंसा अन्त्य सम्भव छ ?

Sunita basnet

हामी एक्काइसौं सताव्दीको संगारमा छौं । यो सताव्दी भनेको चेतनाको सताव्दी हो । तर पनि महिलामाथि हुने घरेलु हिंसाले माहीलाई नराम्ररी गिज्याइरहेको छ । एक्काइसौं सताव्दीको हाम्रो चेतनालाई हासोमा उडाइरहेको छ । कारण बढ्दो घरेलु हिंसा हो । सरकारी र गैरसरकारी तवरबाट चालिएका घरेलु हिंसा रोक्ने कतिपय यस्ता अभियानको प्रभावकारिता देखिन नसक्दा घरेलु हिंसा बढेको विभिन्न तथ्यांकहरुले नै देखाउँछ ।

तराईमा त परम्परा र लोकलाजका कारण धेरैजसो दाइजोका नाममा हुने हिंसाका घटना त सार्वजनिक नै हुँदैनन् । घटना सार्वजनिक गर्दा महिलाले थप मानसिक तथा शारीरिक पीडा खप्नुपर्ने अवस्था सृजना हुने हुँदा यस्ता घटनाहरु हम्मेसी सार्वजनिक हुँदैनन् । घर निकाला गरिनु, जिउँदै जलाउने प्रयत्न गरिनु र घरपरिवारबाट शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु हिंसा पीडित महिलाको नियति बन्ने गरेको छ । तर, हाम्रो समाजले यसलाई त्यति महत्व दिएको छैन ।

राज्य वा गैरराज्यबाट गरिने लैंगिक भेदभाव त छँदैछ, त्यसमा पनि परम्परागत मूल्य मान्यताका आधारमा गरिने हिंसाका कारण महिलाहरू बढी पीडित बनेका छन् । त्यसै भएर आज भोलि घरेलु हिंसाका कारण होस् वा बोक्सी प्रथा अथवा दाइजोका कारण हुने घटनामा पीडित हुने महिलाहरूको संख्या उल्लेख्य छ ।

नेपालका विभिन्न पिछडिएका या अविकसित स्थलहरुमा घरेलु हिंसाहरु देखिन्छन् । नेपालमा घरेलु हिंसा भोगिरहेका मनिसले शारिरीक, मानसिक, यौनिक तथा आर्थिक यातनाहरू सहनुपरेको हुन्छ । समाजशास्त्रीय तथा मानवशास्त्रीय दृष्टिकोणमा हिंसा, सामाजिक व्यवस्था र संरचनाको उपजको रूपमा लिइन्छ । यो पारिवारिक, स्थानीय, राष्ट्रिय सबै तहमा देख्न सकिन्छ । राजनीतिक, आर्थिक, सामाजिक र सांस्कृतिक संरचनाले समाजमा हिंसा बढेको छ । महिला भएको कारणबाट महिलामाथि गरिने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, दमन, यातना र दुरव्यवहारहरूलाई महिला हिंसा भनिन्छ ।

बेइजिङ घोषणपत्र तथा कार्यनीति –१९९५ को पारित प्रस्तावमा महिला विरूद्धको हिंसा भन्नाले ‘निजी वा सार्वजनिक जीवनमा मानसिक वा शारीरिक रूपमा खतरा पु¥याइने खालका लिंगमा आधारित गतिविधि हरूलाई बुझ्नु पर्दछ’ भनिएको छ ।

सम्बन्ध विच्छेद, बहुविवाह, बालविवाह, दाइजो प्रथा, कुटपीट, गालीगलाज, अपहेलना, यातना, तिरस्कार, बोक्सीको आरोप, जवर्जस्ती करणी, वैवाहिक करणी, विधवा प्रथा, घुम्टो प्रथा, अनमेल विवाह, छाउपडी प्रथा, वादी प्रथा र देउकी प्रथा आदीबाट महिला हिंसामा परेका हुन्छन् ।

पितृसत्तात्मक व्यवस्थाका कारण सदियौँदेखि विभेदको शिकार हुँदै आएका नेपाली महिलाउपर हुने ज्यादतीको क्रममा प्रयोग हुने शब्द हो बोक्सी । केही अपवादबाहेक कुनै पनि पुरूषलाई बोक्सी भनिँदैन । बोक्सीको आरोप लाग्नेहरू प्रायः गरीब, दलित, असहाय, बृद्धहरू रहने गरेका छन् । अझ एकल महिलाहरू यसको बढी शिकार हुन्छन् । यो पुरुषवादी राज्यसत्ताले महिलालाई जहिले पनि विभिन्न आरोप वा प्रत्यारोप लगाउने गरेको छ । त्यसलाई चिर्दै अहिलेका महिलाहरु अगाडी बढ्ने प्रयासमा रहे पनि फेरि उही पुरुषवादी सोचबाट माथि उठ्न सकेका छैनन् । जसले गर्दा संविधानमा लेखिएका जे लेखिएको भए पनि त्यो कागज मात्रै बनेको छ, त्यो काजगी रुपमा कानुनहरु कार्यान्वयनमा आउन सकेका छैनन् ।

नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी (५१.५० प्रतिशत) जनसंख्या महिलाको छ । तर निर्णय प्रक्रिया र शासन सञ्चालनमा समानुपातिक ढंगले सहभागिता हुन सकिरहेको छैन । समानुपातिक सहभागिता नबनाई देशले उन्नतिको फड्को मार्न सक्दैन ।

राष्ट्रको निर्णायक तहहरूमा राष्ट्रका जे जति वर्ग, समुदाय, जातजाति छन्, ती सबैको प्रतिनिधित्व अनिवार्य छ । तर पुरुषवादी सोच भएका राज्य सञ्चालकहरुले महिलालाई उचित स्थान दिन सकेका छैनन् । केही उच्च तहमा पुगेका महिलाहरु पनि त्यही पुरुषवादी सोचकै घेरा वरिपरी छन् । जसले गर्दा समग्र महिलाको मुक्ति सम्भव हुन सकिरहेको छैन ।

त्यसका लागि संवैधानिक प्रजातन्त्र, हिन्दुराज्य स्थापना, समाजवादी अर्थनीति, स्थानीय स्वशासन, संस्थापक राजसंस्था जस्ता विषय समेटेर ल्याइएको व्यवस्थाले महिला मात्रै होइन, सबै तह र तप्का अधिकारमुखी र अधिकारसम्पन्न बन्न सक्छन् । त्यसका लागि पनि हामी महिलाहरुले आवाज उठाउनै पर्छ ।

दिनानुदिन भइरहेका घरेलु हिंसाको अन्त्यका लागि हामी सचेत महिलाहरु एक हुनैपर्छ । आजको यो व्यवस्था भत्काउँदै नयाँ व्यवस्थाको आगमनपछि महिला मुक्तिको बाटो खुल्छ । त्यसका लागि संगठित प्रयास जरुरी छ ।

(बस्नेत नेपाल समाजवादी कांगेस आवद्ध छिन्)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...