विश्वभर कोरोना संक्रमितको संख्या डेढ करोड नाघ्यो

World corona update 780x470

काठमाडौँ । विश्वभर कोरोनाभाइरस संक्रमितको संख्या एक करोड ५० लाख ८४ हजार ३७१ पुगेको छ । ६ साउनमा एकैदिन दुई लाख ३८ हजारभन्दा बढी संक्रमित फेला परेका छन् । जुलाई शुरुदेखि नै दैनिक संक्रमितको संख्या दुई लाख नाघेको थियो । हरेक दिन नयाँ संक्रमित भेटिने दर केही कम भए पनि उतारचढाव देखिएको छ 

संक्रमित निको हुने दर भने बढेको छ । अहिलेसम्म करीब ९१ लाख चार हजार संक्रमित निको भएका छन् । मृतकको संख्या ६ लाख १८ हजार ४७७ पुगेको छ । अमेरिका र ब्राजिलमा फेरि दैनिक मृत्यु हजार नाघेको छ । विगत २४ घन्टामा सबैभन्दा बढी ब्राजिलमा एक हजार ४६ र अमेरिकामा एक हजार १११ जनाको मृत्यु भयो । दुवै देशमा करीब एक सातापछि एकैदिन मृत्यु हुनेको संख्या हजार नाघेको हो । भारतमा दैनिक मृत्युदर करीब स्थिर छ । त्यहाँ पछिल्लो २४ घन्टामा ६७१ जनाको मृत्यु भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...