यूएईले मिशन मंगल सुरु गर्‍यो, मंगलग्रहमा किन जाँदैछ यूएई ?

Uae

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) को मंगल ग्रहका लागि ऐतिहासिक अन्तरिक्ष अभियानको सुरुवात भइसकेको छ । यो अभियानका लागि उपग्रहलाई जापानबाट छोडिएको छ । होप नामक यो उपग्रहलाई तनेगाशिया अन्तरिक्ष केन्द्रबाट एच टु–ए नामक रकेटमार्फत् पठाइएको हो र अब यो ५० करोड किलोमिटरको दुरी तय गरेर मंगलग्रहको मौसम र जलवायुको अध्ययन गर्नेछ ।

खराब मौसका कारण यो अभियानलाई दुई पटक रोक्नुपरेको थियो । होप उपग्रहलाई फेब्रुअरी २०२१ सम्म मंगलमा पुग्ने सम्भावना छ । यो मिति यसकारण पनि महत्वपूर्ण छ किनभने त्यतिबेला संयुक्त अरब इमिरेट्सको गठनको ५० औं वर्षागाँठ पनि छ ।

यूएईको यो अन्तरिक्ष अभियान मंगल ग्रहका लागि यो महिना सुरु हुने अभियानमध्ये एक हो । अमेरिका र चीनले पनि मंगल ग्रहका लागि आफ्नो नयाँ अभियानको सुरुवात गर्दैछ ।

मंगलग्रहमा किन जाँदैछ यूएई ?
अन्तरिक्ष यानको उत्पादन र डिजाइनिङको अनुभव संयुक्त अरब इमिरेट्ससँग निकै कम अनुभव छ । तर यति हुँदाहुँदै पनि यूएई त्यो कोसिस गर्ने कोसिस गर्दैछ जुन अहिलेसम्म अमेरिका, रुस, युरोपले मात्रै गर्न सफल भएको छ ।

तर यसले संयुक्त अरब इमिरेट्सको महत्वाकांक्षा बयान गर्छ र उनीहरु यो चुनौतीका लागि तयार भएको बताउँछन् । अमेरिकी विशेषज्ञको निगरानीमा यूएईका इन्जिनियरले ६ वर्षको मिहिनेतपछि एक परिष्कृत उपग्रह तयार गरेका छन् । र जब यो मंगलमा पुग्नेछ तब यसले विज्ञानलाई नयाँ सूचना र मंगलको वातावरणबारे ताजा जानकारी सार्वजनिक हुने आशा गरिएको छ ।

विशेषगरी वैज्ञानिकलाई लाग्छ कि यो ‘होप’ मिशनले मंगलमा हावा । पानी देखिनँ किन बन्द भयो भनेर सायद पत्ता लगाउन मद्दत गर्नेछ । ‘होप’ मिशनलाई अरब जगतमा प्रेरणाको एउटा ठूलो स्रोतको रुपमा हेरिएको छ । यसले संयुक्त अरब इमिरेट्सका युवावर्ग र अरब दुनियाँका बच्चाहरुलाई विज्ञानप्रति रुझान बढाउने आशा गरिएको छ ।

यूएईको सरकार देशको अर्थव्यवस्थाको निर्भरता तेल र ग्यासबाट हटाएर भविष्यमा ज्ञानमा आधारित अर्थव्यवस्था तर्फ लैजान चाहन्छ । तर सधैं झैं जब कुरा मंगल ग्रहको आउँछ तब यसको जोखि पनि अत्यधिक हुन्छ । रातो ग्रहमा पठाइएको अहिलेसम्मको सबै अभियानमध्ये आधा असफल रहेका छन् ।

होप मिशनको प्रोजेक्ट निर्देशक ओमरान शराफलाई यो खतराबारे थाहा छ तर उनले आफ्नो देश सही दिशामा अघि बढ्ने कोसिस गरिरहेको कुरामा जोड दिएका छन् । उनले बीबीसी न्यूजसँग भने, ‘यो एक अनुसन्धान र डेभलपमेन्ट मिसन हो, यसमा असफलता पनि पाइन्छ । यद्यपि, एक राष्ट्रको रुपमा सफलता हात पार्न असफल हुनु कुनै विकल्प हुँदैन । यूएई यो मिशनमार्फत् जो क्षमता हासिल गर्ने वाला छ र यो देशमा जुन ज्ञान आउनेछ, यही कुरा सबैभन्दा धेरै महत्वपूर्ण राख्छ ।’

प्रतिकृया दिनुहोस