विश्‍वभर एकै दिन २ लाख ६० हजारमा कोरोना संक्रमण

Corona test19

काठमाडौँ । विश्‍वभर एकै दिन २ लाख ६० हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार आइतबार विश्वभर २ लाख ६० हजार जनामा कोभिड–१९ को संक्रमण पुष्टि भएको हो । कोरोना भाइरस (कोभिड–१९) को महामारी सुरु भएयता एकै दिन संक्रमित हुनेको संख्या अढाई लाख नाघेको छ ।

यसमा सबैभन्दा धेरै नयाँ संक्रमितहरू अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा पाइएका डब्लूएचओले जनाएको छ । त्यसैगरी, भाइरसका कारण एकै दिनमा संसारभर ७ हजार ३ सय ६० जनाले ज्यान गुमाएका छन् । मे १० यता एकै दिन मृत्यु हुनेको यो उच्च संख्या हो । योसँगै विश्वभर कोभिड–१९ का कारण ज्यान गुमाउनेहरूको संख्या ६ लाख नाघेको छ । मृतकमध्ये एक चौथाइ अमेरिकाका छन् ।

कोभिड–१९ बारे तथ्यांक अद्यावधिक गर्दै आएको जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार सोमबार बिहानसम्म संक्रमित हुनेहरूको संख्या १ करोड ४४ लाख नाघेको छ । पहिलो स्थानमा रहेको अमेरिकामा संक्रमितको संख्या ३७ लाख ६३ हजारभन्दा बढी छ । भाइरसका कारण अमेरिकामा १ लाख ४० हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...