जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिए

Afganistan

एजेन्सी । अफ्गानिस्तानमा भएको बम विस्फोटनमा परी जिल्ला प्रहरी प्रमुखसहित चार प्रहरी मारिएका छन् । देशको पाक्तिका प्रान्तमा पर्ने सारोबीमा शनिबार राति घटना भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् ।

प्रान्तीय प्रहरी प्रवक्ताशाह मोहम्मद अरिनले सिन्ह्वालाई भने, “सारोबीका जिल्ला प्रहरी प्रमुख डार्या खान तलाश र अन्य तीन जना प्रहरीको शनिबार राती भएको विस्फोटनको घटनामा परी मृत्यु भएको छ ।” उनका अनुसार विस्फोटनमा परेर प्रहरीले प्रयोग गरेको एउटा सवारी साधन पनि ध्वस्त भएको छ । प्रहरी अधिकारीहरुले आफ्नो जिम्मेवारी निर्वाह गर्नेक्रममा दुर्घटनामा परेको उनको भनाइ छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...