कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८० हजार बढीको मृत्यु

World corona update 780x470

काठमाडौँ । कोरोना भाइरसबाट विश्वभर पाँच लाख ८० हजार बढीको मृत्यु भएको छ । जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार अहिले सम्म मृत्यु हुनेको संख्या पाँच लाख ८० हजार दुई सय ८२ पुगेको छ । बुधबारसम्म एक करोड ३४ लाख ४७ हजार तीन सय ८८ जनामा कोरोना संक्रमण भएको छ भने विश्वभर ७८ लाख ४१ हजार चार सय ७६ जना सक्रमण मुक्त भएर घर फर्किएका छन ।

संक्रमणबाट हालसम्म सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेको छ । अमेरिकामा हालसम्म कारोनाबाट एक लाख ३९ हजार एक सय ४३ जना, ब्राजिलमा ७४ हजार दुई सय ६२, भारतमा २४ हजार तीन सय १५, रसियामा ११ हजार ६ सय १४ र पेरुमा १२ हजार दुई सय २९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस