ट्यासी ड्राइभरको पीडा : मेरा आँखाका परेली बन्द नभएको कयौँ दिन भइसक्यो

Sagr bohora 28 asar 077

कोभिड –१९ का कारण विश्व नै त्रसित छ । जसमा नेपाल पनि एकदमै त्रसित छ । नेपालमा कोरोना संक्रमण पनि बढेको बढ्यै छ । तर पनि यो बेला सकडमा निस्किनेहरुको कमी छैन । केही मानिसहरु अधिकारका लागि सडकमा निस्किएका छन् भने केही मानिसहरु भोकले सताएपछि पनि सडकमा निस्किएका छन् । यो संकटमा दैनिक जसो आन्दोलनमा निस्किएका छन् । कहिले सरकारको राजीनामा माग्दै विभिन्न पार्टीका गुट उपगुटहरु सडकमा निस्किएका छन् । कहिले कहिले सरकार पक्ष कार्यकर्ता सरकार बचाउ अभियानमा पनि सडकमा निस्किएका छन् ।

म आन्दोलनमा नहोमिएको होइन । तर मेरो माग फरक थियो । मैले चाँही ‘सरकार भोक लाग्यो, काम गर्न दे सरकार’ भन्ने नारा लगाएको थिएँ । धेरै मानिसहरु सडकमा उत्रिएका थिए । सडकमा आउनु मेरो बाध्यता थियो । किनकी म र मेरो परिवारको पेटको सवाल थियो ।

म ट्याक्सी व्यावसायी हुँ र म एक मजदुर पनि हुँ । समय र परिरस्थिती सहज थियो भने म जे गरेर पनि जिउन सक्थे । तर, कोरोनाका कारण परिस्थिती विल्कुल फरक थियो र छ । मैले ट्याक्सी नै चलाउनुपर्छ भने थिएन । आन्दोलनका बेला अधिकांस साथीहरुले आफुलाई समाजसेवी, राजनीतिज्ञ वा पेशाकर्मी भनेको सुन्दा म अचम्मित थिएँ ।

म साहित्यमा रुची राख्ने व्यक्ति । मैले आफ्नै बाध्यता र परिस्थितीले ट्याक्सी किनेको हुँ । यो मेरो पेशा हो र म पेशाप्रति गर्व गर्छु । मैले ट्याक्सी केही आपुले लगानी गरेको हुँ भने मासिक रुपमा किस्ता तिर्नुपर्छ । म काठमाडौंमा इमान्दारीतापूर्वक ट्यासी चलाउँछु किनकी म ट्याक्सी ड्राइभर मात्रै होइन, म असल नागरिक पनि हुँ ।

लकडाउन हुनुभन्दा अघि मेरो कमाई राम्रै थियो । मैले ट्याक्सी चलाउँदा असाहय र गरिवहरुलाई सित्तै बोकेको छु । किनकी म पनि यो देशको एउटा नागरिक हुँ । गरिव र असाहयलाई सहयोग गर्नु मेरो कर्तव्य पनि हो ।

अनेक यात्री, ट्राफिकको सास्ती
ट्याक्सी चलाउँदा अनेक प्रकारका यात्री भेटिन्छन् । कतिपयले त ट्याक्सी जतिलाई चोरसम्म भन्न भ्याउँछन् । ट्याक्सीका कहिले काँही आफ्नै साथी पनि सँगै हुन्छन्, त्यो बेला चढ्नेहरुले चोर हुन्छन् भन्न पछि पर्दैनन् । त्यो बेला मनमनै हास्नुको विकल्प पनि हुँदैन । ट्राफिक प्रहरीको ज्यादती सम्झने हो भने आङ नै सिरिङसिरङ हुन्छ ।

मैले जसो तसो प्रहरीका शब्द र यात्रीको व्यवाहार पचाउन थालेको थिए । तर, कोरोना संक्रमणका कारण विश्व नै संकटमा पर्न थाल्यो । नेपालमा पनि पनि लकडाउन सुरु भयो । म गाडी काठमाडौं मै छाडेर गाउँ गएँ । गाउँ गएपछि साह्रै रमाइलो भयो । पूराना साथिभाईसँग भेटघाट भयो । लकडाउन खुकुलो भएपछि म काठमाडौं आए । ट्याक्सी हेरेँ, ट्याक्सीको इन्जिन सिज भएछ । अहिले सरकार गाडी चलाउन दवाव दिइरहेको छ । फाइनान्सले ब्याज र किस्ता मागेको मागेयै छ । ग्यारेजमा रहेको गाडी निकाल्न पनि ४० हजार चाहिन्छ भनिरहेको छ ।

अहिले म बिहान चिया र डुनोट र बेलुका चिउरा खाएर दैनिकी बिताएको छु । मैले कहाँबाट ल्याउनु ४० हजार रुपैयाँ । कर तिर्नुछ । बीमा सकियो । पैसा छैन । कमाउने ठाउँ छैन । सम्झिदा आत्माहत्या गर्न मन लाग्छ । मेरो समस्या यस्तो छ । सरकार भने उखान टुक्का भन्न मस्त छ । सरकार बेसारको कुरा गर्छ, मेरो कोठामा चुल्हो बल्ल सकेको छैन । सरकारले भोको को छ भनेर खोज्न सकेको छैन । यो जस्तो लाजको विषय अरु के हुन सक्छ ?

मलाई कहिले रात नपरोस् भन्ने लाग्छ । किनकी आज भोलि मेरो कोठाको बत्ति बन्द हुन्छ । तर कहिल्यै मेरा आँखाका परेली बन्द हुँदैन । म असल ट्यासी ड्राइभर हुँ भन्दैछु । तर पछिल्ला बाध्यताले मेरो सपनालाई भताभुङ बनाइरहेको छ । म चाहन्छु मेरो सपना नभत्कियोस् ।

यस्तो बेला मजदुरका ठूलठूला कुरा गर्ने मजदुर संगठनहरु कहाँ छन् ? सकरकार आफ्नो सत्ता बचाउन लाग्ने । मजदुरका नेताहरु सरकारकै गुलामी गर्ने अनि हामी जस्ता सामान्य मजदुरले के गर्ने ? कसरी जिउने ? यो कठिन परिस्थितीका बेला सरकार र मजदुरका नेताहरुले मजदुर र ति मजदुर आश्रित परिवारलाई सहयोग नगर्ने हो भने, बैंकको किस्ता तिर्ने भाका पछि सार्न नलगाउने भने आत्महत्याको विकल्प के हुन सक्छ र ? यो मेरो मात्रै समस्या होइन, आम मजदुरहरुको हो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पत्रकार पूर्ण चौधरीको निधन

Purna chaudhari

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटाका सहसचिव पूर्ण चौधरीको निधन भएको छ । ३५ वर्षीय चौधरीको आज ध...