खुशिको खबर : अब कोरोना भाइरसलाई हावामै मारिने

Corona patient rqdqlbqkzg

एजेन्सी । कोरोना भाइरसलाई हावामै मार्ने फिल्टर तयार पारिएको छ । वैज्ञानिकले एक यस्तो फिल्टर बनाएको दावी गरेका छन् कि यसले नयाँ कोरोनाभाइरसलाई समाएर भाइरसलाई तत्काल समाप्त गरिदिन्छ । वैज्ञानिकले यो आविष्कारबाट बन्द स्थानहरु स्कूल, अस्पतालका अलावा विमानमा कोरोनाभाइरसको संक्रमण रोक्न सहयोगी हुने बताएका छन् ।

जर्नल मेटरियल्स टुडे फिजिक्समा प्रकाशित अध्ययनका अनुसार यो एयर फिल्टरले आफुबाट जाने हावामा एक पटकमा ९९.८ प्रतिशत कोरोनाभाइरसलाई समाप्त गरिदिन्छ । यो उपकरणलाई व्यवसायीक रुपमा उपलव्ध निकेल फोमलाई २०० डिग्री सेल्सियससम्म तातो बनाएर तयार पारिएको अध्ययनमा उल्लेख छ । यसले घातक जीवाणु बेसिलस एन्थरेसिसको ९९।९ प्रतिशत बीजाणु नष्ट गरेको छ । बेसिलस एन्तथरेसिसले एन्थरिक्सको बिमारी हुन्छ ।

अमेरिकामा युनिभर्सिटी अफ ह्यूस्टनको अध्ययनमा समावेश झिफेंग रेनले भने,“यो फिल्टर हवाई अड्डा र विमान, कार्यालय भवन, स्कूल र क्रुज जहाजमा कोभिड–१९ फैलनबाट रोक्नका लागि उपयोगी साबित हुन सक्छ ।”

प्रतिकृया दिनुहोस