कोरोना भाइरस प्रकोपबीच वित्तीय संकटका कारण लेबनानमा ५६० होटल बन्द

Lebanan2020 07 10 08 36 18

एजेन्सी । कोभिड–१९ को विश्वव्यापी प्रकोपको कारण पर्यटकहरूको अभावले लेबनानमा कूल ५६० होटल बन्द भएका छन् ।

होटेल व्यवसायीहरूको साझा संस्था, ‘सिन्डीकेट अफ होटल आउनर इन लेबनान’ का अध्यक्ष पियरे आश्करका अनुसार लेबनानको पर्यटन क्षेत्रको सफलताको लागि सबैभन्दा महत्वपूर्ण भूमिका निर्वाह गर्ने खाडीका पर्यटकहरूको आवागमन नहुँदा हामीले वित्तीय समस्याको सामना गर्नु परेको छ ।

आशकरले भने, “लेबनानमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या देखिन थालेसँगै युरोपेली संघले लेबनान आउने पर्यटकहरू आउने ढोका बन्द भएको थियो र यो आजसम्म कायम छ ।”

 लेबनानले सन् २००९ मा आठ अर्ब ५० करोड र सने २०१० मा नौ अर्ब २० करोठ अमेरिकी डलर आम्दानी गरेको थियो । तर पछिल्ला वर्षहरूमा राजनीतिक स्थायित्व नहुँदा लेबनानमा यूरोपबाट आउने पर्यटकको सङ्ख्यामा निकै कमी आएको थियो ।

यसमा पनि गत वर्षको अक्टोबरमा भएको राष्ट्रव्यापी विरोधका कार्यक्रमका कारण सङ्कटमा परेको होटल क्षेत्र महामारीका कारण थप प्रभावित बनेको छ । देशका प्रसिद्ध तथा ठूला होटलहरू अल–हब्तोर, मुन्रो र ब्रिस्टल होटलसहित अन्य ५६० होटलले पूर्णतया बन्द भएका बताइएको छ ।

पर्यटन संस्थाहरूले यसभन्दा पहिले सरकारले करहरू छुट दिने, कर्जा भुक्तान गर्ने र बिजुली बिल जस्ता सुविधाहरूको लागि आफ्नो सञ्चालनलाई निरन्तरता दिन आग्रह गरेका भएपनि सरकारबाट उक्त सहयोगको प्रतिवद्धता नआएपछि बन्द भएका हुन् ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...