मोस्ट वांटेड विकास दुबे इन्काउन्टरमा मारिए

Bikash

एजेन्सी । ८ प्रहरीको हत्याका मुख्य अभियुक्त विकास दुबे इन्काउन्टरमा मारिएका छन् । दुबेलाई लिएर कानपुर जाँदै गरेको कार्केडको एउटा गाडी शुक्रबार बिहान दुर्घटनाग्रस्त भयो । भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार विकास दुबे चढेको गाडी पल्टियो । उक्त दुर्घटनापछि प्रहरी टोलीको बन्दुक खोसेर उनले हमला गर्ने कोसिस गरे ।

जवाफी कारवाहीमा उनी पूर्ण रुपमा घाइते भए । उनको छातीमा गोली लाग्यो । पछि उनलाई अस्पताल पुर्याइयो । जहाँ उनको मृत्यु भएको खबर छ । विकासलाई बिहिबार उज्जैनको महाकाल मन्दिरबाट पक्राउ गरिएको थियो । यता बीबीसी हिन्दीले भने दुर्घटनाको खबर दिएपनि अहिलेसम्म कोही पनि हताहत नभएको बताएको छ ।

प्रतिकृया दिनुहोस