दक्षिण कोरियाको राजधानी सोलका मेयर मृत भेटिए

Saul mehara

काठमाडौँ । दक्षिण कोरियाका राजधानी सोलका मेयर पार्क वोन सुन मृत भेटिएका छन् । उनी सोलको हिमाली क्षेत्रमा बिहीबार मध्यराति मृत भेटिएका हुन् ।

उनको शव सोलको सेङबुक–गु नजिकको हिमाली क्षेत्र बुककमा भेटिएको हो । यो क्षेत्र उनको सरकारी निवास जोङ्नो–गु नजिक पर्छ । पुलिसले उनको गापनीयताको रक्षाका लागि भन्दै मृत्युको कारण सार्वजनिक गरेको छैन । तर कुनै अपराधिक संभावनालाई भने पुलिसले अस्वीकार गरेको छ ।

उनको कुनै सुसाइड नोट फेला नपरेको सोल महानगरीय पुलिस एजेन्सीको अपराश शाखाका चोइ इक–सूले बताएका छन् । ६४ वर्षीय सुन बेपत्ता भएको पहिलो सूचना उनकी छोरीले बिहीबार साँझ नै प्रहरीलाई दिएकी थिइन् ।

त्यसपछि उनको खोजीमा सात घन्टासम्म ६०० प्रहरी तथा अग्निनियन्त्रक र तीन वटा कुकुर खटाइएको थियो । उनको शवलाई उद्धारका लागि खटाइने कुकुरले फेला पारेको थियो भने अग्निनियन्त्रकहरुले पहिचान गरेका थिए । उनी १९५६ मा जन्मिएका थिए । उनले धेरै वर्ष एउटा गैरसरकारी संस्थामा काम गरेका थिए । सन् २०११ देखि उनी सोलका मेयर छन् । उनलाई सन् २०२२ को राष्ट्रपती निर्वाचनको प्रतिश्पर्धीको रुपमा हेरिन थालिएको थियो ।

प्रतिकृया दिनुहोस