डीएसपीसहित ८ प्रहरीको हत्या गर्ने दुबे पक्राउ

Vikas dubey

भारत कानपुरका डीएसपीसहित ८ प्रहरीको हत्या गरेर फरार गुन्डा विकास दुबे पक्राउ परेका छन्। मध्य प्रदेशस्थित उज्जैनबाट उनी पक्राउ परेको बीबीसी हिन्दीले जनाएको छ। उनी त्यहाँको महाकाल मन्दिर थानाबाट पक्राउ परेका हुन्।

मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्रले विकास दुबेको गिरफ्तारीको पुष्टि गरेका छन् तर थप जानकारी दिन अस्वीकार गरेका छन्। उनले विकास दुबे पक्राउ गर्नु मध्य प्रदेश प्रहरीकाे ठूलो सफलता भएकाे बताएका छन्। उनका अनुसार दुबे अहिले मध्य प्रदेश प्रहरीकै हिरासतमा छन्।

दुबेलाई उज्जैनको महाकाल मन्दिरका सुरक्षाकर्मीहले समातेर मध्य प्रदेश प्रहरीलाई बुझाएकाे बीबीसीले समाचारमा उल्लेख गरेकाे छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...