दुर्घटनामा तीन जनाको मृत्यु

Accident 26

काठमाडौँ । गाडी दुर्घटनामा तीन जनाको ज्यान गएको छ । काभ्रे, झापा र कास्कीमा भएमा छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु भएको हो । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–४ शेरामा मङ्गलबार निसान गाडी दुर्घटना हुँदा गाडीका सहचालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बा१क ९२३६ नं।को गाडी ब्रेक फेल भई सडकमै पल्टिँदा भक्तपुर जिल्ला सूर्यविनायक नगरपालिका–७ बस्ने १८ वर्षीय सुजन वाग्लेको मृत्यु भएको हो । प्रहरीले चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यसैगरी विद्युत् चुहिएर मङ्गलबार झापाको दमकमा एक युवकको मृत्यु भएको छ । दमक नगरपालिका–२ स्थित निर्माणाधीन आफ्नै घरमा पानी लगाउने क्रममा ट्युबेलमा जोडेको मोटरबाट विद्युत् चुहिँदा कमल–१ स्थित ढ्याङ्ग्री निवासी ४० वर्षीय मित्र डाँगीको घटनास्थलमै मृत्यु भएको हो ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–४ मा मङ्गलबार ट्र्याक्टर दुर्घटना भएर सडकबाट तल खस्दा चालकको मृत्यु भएको छ । कास्की माछापुच्छ्रे बाटुलेथरमा ग १ त २२८३ नं।को ट्र्याक्टर खेत जोतेर फर्कने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी पाँच मिटर तल खस्दा चालक सोही ठाउँ निवासी ४५ वर्षीय रामचन्द्र अधिकारीको ट्र्याक्टरले च्यापेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया दिनुहोस