‘मेरो माइक्रोफाइनान्स’लाई घरधनी दम्पतीद्वारा १ महिनाको घरभाडा छुट

Meyaree

मसुरिया – मेरो माक्रोफाईनान्स वित्तीय संस्था मसुरिया शाखालाई असार महिनाको घर भाडामा छुट गरिएको छ।

कैलालीको गौरीगंगाका नगरपालिका – ८ मसुरिया स्थिति मेरो माक्रोफाईनान्स वित्तीय संस्थालाई घरधनी एक दम्पती तुल्सा देवी भन्डारी र गङ्गाराम भन्डारीलेले असार महिनाको घरभाडा छुट गर्नुभएको हो।

बिश्वभर महामारीकोरुपमा फैलिएको कोरोना भाइरसले गर्दा देश लकडाउनमा भएको बेला मानवीय बिपत्तिमा ब्यापार ब्यवसाय सञ्चालन गर्न नसकिरहेको अवस्थालाई मध्यनजर गर्दै घर भाडामा सहुलियत दिइएको घरधनी भन्डारीले बताउनुभयो।

मेरो माइक्रोफाइनान्स मसुरिया शाखालाई
घरधनिले घरभाडा छुट दिइएको भन्दै शाखा प्रमुख
प्रकाश मडैले धन्यवादसमेत दिए। उनले भने”यस संकटको समयमा घरधनिले संस्थाप्रती मानवीयताको भावना देखाएको भन्दै धन्यवादले मात्रै प्रसशंपनि कमहुने बताउनुभयो।”

साथै संस्थाले विगत २ बर्षदेखि त्यसक्षेत्रमा सेवा दिदै आईरहेको छ ।

नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहेको संस्थाले देशका ५९ जिल्लमा १२० शाखा कार्यालयसमेत विस्तार गरिसकेको छ भने कैलालीमा ३ शाखा कार्यालयमार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको शाखा प्रमुख प्रकाश मडैले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...