जापानमा बाढी र पहिरोबाट १५ जनाको मृत्यु, ९ बेपत्ता

Japan

काठमाडौँ । जापानको दक्षिणी टापु क्युशुमा आएको बाढी र पहिरोबाट १५ जनाको मृत्यु हुनाको साथै ९ जना हराइरहेका छन् । स्थानीय कुमा नदीमा आएको बाढीमा त्यहाँ रहेको नर्सिङ होम पुरै डुबाएको हो ।

मृत्यु हुनेहरुको संख्याको औपचारिक पुष्टि हुन बाँकी रहेको बिबिसीले जनाएको छ । अधिकारीहरुले बाढीप्रभावित स्थानबाट २ लाख मानिसलाई सुरक्षित स्थानतर्फ सार्न निर्देशन दिएका छन् भने त्यहाँ १० हजार सैनिक खटाइएको छ । उक्त क्षेत्रमा आइतबार पनि भारी वर्षा हुने अनुमान गरिएको छ । प्रधानमन्त्री सिन्जो अबेले थप क्षति हुन नदिन सचेत रहन आग्रह गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...