प्रदेश पाँचमा एकै दिन ९ जनाको मृत्यु

Death logo

काठमाडौँ । प्रदेश पाँचमा शनिबार विभिन्न घटनामा परी ९ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रदेश प्रहरी कार्यालयले दिएको जानकारीअनुसार शनिवार ४ जनाले झुन्डिएर, २ जना सवारी दुर्घटनाबाट, १ जना पानीमा डुबेर १ जना बेवारिसे अवस्थामा र १ जनाको उद्योगको क्रेनमा च्यापिँदा मृत्यु छ ।

प्रहरीका अनुसार प्युठानको सरुमारानी गाउँपालिका–६, मोतीपुरमा नौबहिनी गाउँपालिका–७ लुप्लुङबाट चुनढुंगा लिई दाङको कालाकाँटेतर्फ जाँदै गरेको ना७ख ८९३८ नंको ट्रिपर दुर्घटना हँुदा चालक र सहचालकको मृत्यु भएको छ । चालक रोशन थापा र सहचालक झकबहादुर पुनको मृत्यु भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालयले दाङले जनाएको छ ।

त्यस्तै बाँके गुलरीस्थित फत्तेपुर सिँचाइको नहरमा केशवराज लामिछाने मृत अवस्थामा फेला परेका छन् । बुटवल उपमहानगर पालिका–२ मैनाबगरमा तराई मूलको जस्तो देखिने एक पुरुष मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

दाङ तुल्सीपुर उपमहानगरपालिका–३ डाडाखुटीका दुर्गा केसीले आफ्नै घरको सुत्ने कोठाको दलिनमा झुन्डी आत्महत्या गरेका छन् । रोल्पा रुण्टिगढी नरबहादुर घर्तीले भिमलको रुखमा झुन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ । अर्घाखाँची छत्रदेवकी नुमकला सारुले आफ्नै घरको पछाडिपट्टि बतासीमा झुन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

पाल्पा माथागढीका बलबहादुर ओझाले आफ्नो घर नजिक रहेको जमुनाको रुखमा झन्डी आत्महत्या गरेको प्रहरीले जनाएको छ । कपिलवस्तु वीरपुरमा रहेको विजय श्री स्टिल प्रालिमा काम गर्दै आएका भारत उत्तर प्रदेश लखिनपुरखिरका जिसान सलमानीको क्रेनमा च्यापिँदा मृत्यु छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...