कारभित्रै यौन क्रियाकलापमा लिप्त राष्ट्रसङ्घका दुई कर्मचारीको यसरी भयो जागिर च्वाट

Car sex

काठमाडौं । संयुक्त राष्ट्रसङ्घले इजरेलमा कार्यालयको गाडीभित्र यौनिक गतिविधि गरेको आरोपमा आफ्ना दुई कर्मचारीलाई निलम्बन गरेको छ ।

तेल अभिभस्थित समुद्री तटनजिक एउटा मुख्य सडकमा राष्ट्रसङ्घको चिह्न अङ्कित गाडीभित्र ती दुई जनाको क्रियाकलाप खिचिएको थियो ।

रातो पहिरनमा रहेकी एक महिला कारको पछिल्लो सीटमा तीमध्ये एक जनासँग यौनिक मुद्रामा बसेको भिडियोमा देखिन्छ ।

अठार सेकन्ड लामो भिडिओ गत महिना सामाजिक सञ्जालमा व्यापक रूपमा प्रसारित भएपछि राष्ट्रसङ्घले त्यसबारे अनुसन्धान सुरु गरेको छ । राष्ट्रसङ्घीय महासचिवका प्रवक्ता स्टेफन ड्यूजरिकले उक्त भिडिओ फुटेजबाट आफू स्तब्ध भएको बताए ।

राष्ट्रसङ्घका अनुसार भिडिओमा देखिएका व्यक्तिहरू इजरेलस्थित राष्ट्रसङ्घीय शान्तिसेनाको मिशन यूएनटीएसओमा कार्यरत भएको पत्ता लागेको छ । उनीहरु सैन्य पर्यवेक्षणका लागि खटिएका अन्तर्राष्ट्रिय कर्मचारी हुन् ।

प्रवक्ता ड्यूजरिकले भने अन्तर्राष्ट्रिय कर्मचारीबाट अपेक्षा गरिने आचरण पालना नभएको गम्भीर आरोप लागेको हुनाले उक्त कारबाही उचित रहेको बताए ।

शान्ति स्थापक र अन्य कर्मचारी गलत यौनिक गतिविधिमा संलग्न भएको आरोपमा राष्ट्रसङ्घले लामो समयदेखि छानबिन गर्दै आएको छ । पछिल्ला दिनहरूमा त्यस्ता आरोपका घटना निरन्तर हुने गरेका छन् ।

एउटा प्रतिवेदनअनुसार सन् २०१९ मा राष्ट्रसङ्घका कर्मचारीविरुद्ध १७५ वटा यौन शोषण र दुर्व्यवहारका आरोप लागेको थियो । तीमध्ये १६ वटा पुष्टि भएका छन् भने १५ वटा पुष्टि हुन सकेनन्। अन्यमा अनुसन्धान चलिरहेको छ ।

राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरसले राष्ट्रसङ्घभित्र अनुचित यौनिक क्रियाकलापविरुद्ध शून्य सहनशीलताको नीति छ । बीबीसी नेपाली

प्रतिकृया दिनुहोस

साताको लोकपृय

इलाम–२ मा र बभाङ–१ मा कम खस्यो मत, १२ घन्टाभित्र अन्तिम मतपरिणाम आइसक्ने

Ilam matadan

काठमाडौं । शनिबार इलाम–२ मा प्रतिनिधिसभा र बभाङ–१ मा प्रदेशसभा सदस्य चयनका लागि भएको उपनिर्वाचन भ...