युवा नेता भण्डारी भन्छन्, तपाईहरूको खरानीमाथी दुस्मनले भ्रमको डरलाग्दो महल नबनाउन्

Hemraj bhandari 19 asar 077

देशकै सबैभन्दा ठूलो र शक्तिशाली पार्टी हो नेपाल कम्युनिष्ट पार्टी (नेकपा) । पार्टीभित्र छलफल, बहस, अन्तरक्रिया, सम्वाद र चित्त माझामाझ जारी छ । अहिले पार्टीभित्रको यो छलफललाई बाहिर छरपस्ट पारेर उत्तेजित बनाउने र जग हसाउने काम भइरहेको छ । (वाद, विवाद र सम्वाद, एकता, संघर्ष र रूपान्तरण) को विधिबाट समस्याको हल गर्न सकिने आधारहरु प्रसस्त छन् ।

पार्टीभित्र देखापरेका अनेकौ समस्यालाई समाधान गर्न नसकिने होइन । त्यसका लागि पार्टीका सबै छलफल, बहस, निर्णय प्रक्रिया, गतिविधिहरू खुल्ला, पारदर्शी र सार्वजनिक बनाउन सक्नुपर्छ । यदी त्यसो गर्न सकिँदैन भने पनि पार्टी र नेताहरूका समस्या कमिटी, विधी र प्रणाली सम्मत ढंगले हल गर्न सकिन्छ ।

यस्तो छ ११ सुझाब
१. सामाजिक सञ्जालमा नेकपाको बैठक र छलफलको विषयमा भइरहेका अतिरञ्जित, अनावश्यक, आरोप–प्रत्यारोप, भण्डाफोर, तिक्तता, एक अर्कालाई नङग्याऊने, गुठजन्य क्रियाकलाप पार्टी एकता विरोधी हर्कतहरु हुन् । यस्ता हर्कत र गतिविधिहरू तत्काल बन्द गरौं ।

२. पुरानो पुस्ताले गल्ती गर्यो भने नयाँ पुस्ताले सकारात्मक खवरदारी गर्ने, सच्याऊने, रूपान्तरण गर्ने र पहल बढाऊने हिम्मत गर्नै पर्दछ । सधैं पूरानो पुस्ताको भरमा मात्रै पार्टी सञ्चालन भइरहन सक्दैन । त्यसका लागि युवा पुस्ता जाग्न जरुरी छ । र युवाहरु जागौं ।

३. नेताहरूको पुरानो थोत्रो गुठगत स्वार्थमा हुने गुटबन्दी, चरम व्यक्तिवाद, आत्मकेन्द्रीत र स्वार्थ केन्द्रीत प्रवृत्तिले संस्थागत पार्टी जीवन र प्रणाली कमजोर भएको छ । अनावश्यक भण्डाफोर र टकरावले बिनाश र क्षति मात्र हात लाग्ने निश्चित छ । अब बैचारिक, विधिगत र राजनीतिक छलफलमा केन्द्रित होऔं ।

४. नेकपा नामक २ पाईलट भएको जहाज तपाईहरू कै असावधानी र लापरवाहीका कारण दुर्घटनामा परेको अवस्थामा तपाईहरूको खरानीमाथी दुस्मनले भ्रमको डरलाग्दो महल बनाउने छ । नेताहरूको परिक्षा संकटको बेलामा नै हुने हो । आशा गरौं नेताहरूले यो संकटलाई पार लगाउन दुबै नेता सक्षम र प्रतिवद्ध हुनेछन् ।

५. विगतमा जे आधारमा दुई पार्टीबीच एकता भएको थियो । तिनै आधारहरू, समझदारीहरू, पार्टी विधान, सहकार्य र विश्वासको वातावरण निर्माण गरी पार्टी एकताको रक्षा गरौं । देश र जनताको आशा र भरोसालाई सुदृढ गर्न योगदान गरौं ।

६. माथी नेताहरू मात्र बस्दा झन समस्या बल्झियो । हल भएन र गुजुल्टियो भने तल फर्किनु पर्छ । सचिवालय र स्थायी समितिमा समस्या हल भएन भने अब तत्काल केन्द्रीय समिति बैठक बसौं ।

७. केन्द्रीय समिति पार्टी एकता, सामुहिक नेतृत्व प्रणाली, विधी र प्रणाली सम्मत पार्टी र जनताको जनवाद हुँदै समाजवाद निर्माणको पक्षमा छ । अघिल्लो केन्द्रीय समिति बैठकका निर्णयहरू अक्षरस पालना गरौं । केन्द्रीय समिति पार्टी एकताको पक्षमा छ र पार्टी एकताको रक्षा गर्न सक्षम छ । त्यसकारण माथिल्लो तहको निर्णयले मात्रै पार्टीलाई अनिर्णयको बन्दी बनाउन पाइँदैन । त्यसका लागि केन्द्रिय समितिसम्म छलफल चलाइनुपर्छ ।

८. देशभरीका कार्यकर्ताहरू र आम नेपाली जनता पार्टी एकताको पक्षमा छन् । गुट, फुट, तुच्छ स्वार्थ समुह, गिरोह र चरम आत्मकेन्द्रीत व्यक्तिवादबाट नेकपा बन्दैन र बच्दैन । अब जसरी भए पनि आफ्ना स्वार्थ त्यागेर पार्टी बचाउन लाग्नुपर्छ ।

९. नेकपा भित्रका राजनीतिक चेतना भएका युवा साथीहरू थोत्रो, कुहिएर दुर्गन्धित भएका गुठहरूको झुण्डलाई अस्वीकार, खारेज र विघटन गरौं । नयाँ आधारमा नेकपा सुदृढ गरौं । अनावश्यक गुट र झुण्डका कारण जनता केन्द्रित पार्टी नेता केन्द्रित भएको छ । यसलाई पार्टीलाई सही दिशामा लैजान सक्दैन । त्यसका लागि युवाहरु सचेत बन्दै गुट भत्काउन लाग्नुपर्छ ।

१०. गुटको कुहिएको दुर्गन्धित सिनो भाग लगाउँदै ‘मेरो भागमा फलमासु र उसको भागमा हड्डी !’ ‘मेरो भागमा टाउको र उसको भागमा पुच्छर !’ भन्दै कोही मख्ख पर्दै र कोही रुँदै डङ्डंति गन्हाएको गुटको सिनोमा भएको औंसाहा कीराहरूले ज्यूँदो स्वस्थ मानिसलाई पनि रोगी बनाएर मार्नेछ भन्ने बेलैमा बुझौं ।

११. नेकपा बचाउँदै संमृद्ध मुलुक बनाउन र नयाँ विज्ञान र प्रविधिबाट दिक्षित सचेत पुस्ताले खोजेको राजनीति, संस्कार, विचार, पार्टी र नेतृत्व विकास गर्न रचनात्मक बहसको थालनी गरौं । द्वन्द्वात्मक भौतिकवादी बनौं । सकारात्मक, श्रृजनात्मक, सामुहिक, रचनात्मक, स्वतन्त्र र वैज्ञानिक ढंगले सोच्ने संस्कारको विकास गरौं । पुरानो नेतृत्वको पुस्तालाई सम्मान गर्दै नेतृत्वको पुस्तान्तरणको लागि सामुहिक रूपमा, बैचारिक, राजनीतिक, संगठनात्मक, सांस्कृतिक र मानसिक तयारी गरौं ।

(भण्डारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...