क्लिनिकमा विष्फोट हुँदा १९ जनाको मृत्यु, कैयौं मानिस घाईते

Iran bsifot

एजेन्सी । ईरानको राजधानी तेहरानको एक क्लिनिकमा विष्फोट हुँदा १९ जनाको मृत्यु भएको छ ।

यो विष्फोट उत्तरी तेहरानस्थित सिना अतहर क्लिनिकमा मंगलबार भएको हो ।

सरकारी अधिकारीहरुले सुरुमा १३ जनाको मृत्यु भएको बताए पनि तेहरान फायर डिपार्टमेन्टका प्रवक्ता जलाल मालेकेइले त्यहाँको सरकारी टेलिभिजनलाई जानकारी दिंदै १९ जनाको मृत्यु भएको बताए ।

ईरानको सरकारी समाचार एजेन्सी द स्टेट रन आइआरएनएले प्रवक्ता मालेकेइलाई उद्धृत गर्दै मृत्यु हुनेमा १५ जना महिला र ४ जना पुरुष रहेको जनाएको छ ।

मालेकेइका अनुसार २० जनाको जिवितै उद्धार गरीएको छ । यो घटनामा कैयौं मानिस घाईते भएका छन् । मृत्यु हुनेको संख्या बढ्नसक्ने स्थानीय अधिकारीहरुले सम्भावना ब्यक्त गरेका छन् ।  

ग्याँस लिक हुँदा विष्फोट भएको ईरानको सरकारी समाचार एजेन्सीलाई उद्धृत गर्दै न्युयाोर्क टाइम्सले जनाएको छ ।

प्रतिकृया दिनुहोस