कसको यौन भिडियोले तनाव दियो युएनलाई ?

Un vedio

एजेन्सी । इजरायलमा कार्यरत संयुक्त राष्ट्रसंघको टिम यतिखेर एक यौन काण्डका कारण तनावमा परेको छ ।

राष्ट्रसंघको एक कारमा यौन सम्बन्ध भइरहेको भिडियो सामाजिक सञ्जाल भाइरल भएपछि तनावको स्थिति उत्पन्न भएको हो । त्यस भिडियोमा संयुक्त राष्ट्र संघको कारको पछाडिपट्टिको सिटमा रातो पोसाक लगाएका व्यक्तिले यौन सम्बन्ध राखिरहेको देखिन्छ ।

यो दृश्य तेल अविवको समुद्री किनारमा खिचिएको देखिन्छ । संयुक्त राष्ट्र संघले यसबारे गम्भीर ढंगले अनुसन्धान भइरहेको जनाएको छ । भिडियोमा यौनरत मानिसलाई चिन्ने प्रयास भैरहेको युएनले जनाएको छ ।

यौन भिडियोमा देखिएका व्यक्ति इजरायल शान्तरक्षक दलका सदस्य हुन सक्ने संयुक्त राष्ट्र संघले भनेको छ । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका प्रवक्ता स्टिफन दुजारिकले १८ सेकेन्डको त्यो भिडियोलाई बीभत्स भनेका छन् ।

यदि ती मानिस यूएनकै सदस्य रहेछन् भने हामी जुन दुर्व्यवहारविरुद्ध लडिरहेका छौं, त्यसको कुनै अर्थ हुने छैन र दुनियाँले हाम्रो आलोचना गर्नेछ ।’ त्यो यौन सम्बन्ध दुवैको सहमतिमा भएको हो वा पैसा लेनदेनमा ? यस प्रश्नको जवाफको खोजी भैरहेको प्रवक्ता दुजारिकले बताए।

आफ्ना कर्मचारीको व्यवहार र आचरणका विषयमा संयुक्त राष्ट्र संघले कडा नीति अपनाएको छ । कुनै कर्मचारीले नियम उल्लंघन गरेको पाइए संघले अनुशानसको कारवही गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...