शनिबार शनिदेवको पुजा गर्ने दिन, के खाने के नखाने ? यी हुन् जान्ने पर्ने कुरा

Rashi sabibar shanidev

काठमाडौं । आज शनिवार अर्थात् भगवान शनिदेवको पुजा गर्ने दिन पनि हो । शनिबार न्यायका देवताको रुपमा मानिँदै आएका शनिदेवको आराधना गर्नुपर्ने हिन्दू धर्ममा उल्लेख छ ।

ज्योतिष शास्त्रअनुसार कुण्डलीमा शनिदोष हुने ब्यक्तिले शनिवार शनिदेवको पूजा गर्नुपर्छ । शनिदेवलाई प्रसन्न पार्न कालो सामाग्री चढाउने गरिन्छ । यति मात्र होइन शनि दोष निवारण शनिबार केही चिज भुलेर पनि खान हुँदैन ।

ज्योतिष शास्त्रमा शनिवार यस्ता चिज खादा नकारात्मक प्रभाव पर्ने उल्लेख छ । तसर्थ शनिदोष निवारण गर्न शनिदेवको उपासना गर्ने ब्यक्तिले शनिबार निम्न कुरामा ख्याल गर्नुपर्दछ ।

के खाने, के नखाने ?
१. शनिबारका दिन माछामासुजन्य तामसि भोजन गर्नुहुँदैन ।

२. तामसि भोजनगर्दा शनिग्रहको नकारात्मक प्रभाव पर्दछ ।

३. शनिबारका दिन मदिराको सेवनगर्न पनि बर्जित रहेको छ ।

४. यस दिनमुसुरोको दालको प्रयोगलाई नकारात्मक मानिएको छ ।

५. शनिवारका दिन दुधको समेत सेवन गर्नु हुदैन । यसले काम भावना जागृत गर्दछ ।
६. शनिवार अचार या अमिलो चिज पनि खान वर्जित गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...