पहिरोले पृथ्वीराजमार्ग अवरुद्ध

Pahiro

सुक्खा पहिरोका कारण पृथ्वीराजमार्गको मुग्लिन–आँबुखैरेनीअन्र्तगत पर्ने राजमार्ग अवरुद्ध भएको छ ।

जिल्लाको आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐना पहरा नजिकै सोमबार राति पहिरो जाँदा उक्त राजमार्ग अवरुद्ध भएको हो ।

राजमार्ग अवरुद्ध बनेपछि सयौँ सवारी साधन रोकिन पुगेका छन् ।

केही दिनयता परेको अविरल वर्षाले जमीन गलेका कारण माथिबाट डाँडो झरेपछि राजमार्ग अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

डोजर प्रयोग गरेर पहिरो हटाउने प्रयास भइरहेको उनले बताए ।

राजमार्गमा झरेको पहिरो हटाउन समय लाग्ने देखिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...