सडक बनेको १० वर्षपछि तापखोलामा पक्की पुल शिलान्यास

Acrow bridge

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीबाट केपिलासगढी गाउँपालिका–३ बास्पानी हुँदै बाक्सिला बजार जोड्ने सडकखण्डमा पर्ने तापखोलामा पक्की पुल शिलान्यास गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रका स्थानीय बासिन्दाको व्यापारिक केन्द्र बाक्सिला बजार जोड्ने सबैभन्दा छोटो दूरीकोे दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा निर्माण गरिने पक्की पुल शनिबार प्रदेशसभा सदस्य राजन राईले औपचारिकरुपमा शिलान्यास गरेका हुन् ।

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालय यातायात पूर्वाधार निर्देशनालय, पूर्वाधार विकास कार्यक्रम प्रदेश नम्बर १ नेपाल, उदयपुरको लगानीमा पुल निर्माणको काम शुरु गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । रु सात करोड ६१ लाख २४ हजार ५४३ बजेटमा पूरा गरिने तापखोलाको मोटरेबल पक्की पुल ३५ मिटर लम्बाइ र ८।४० मिटर चौडाइको हुने जनाइएको छ ।

गत जेठ ८ गते पुल निर्माणको काम जिम्मा लिएको रौता–रोशन–सुशम–आदित्य जेभीले विसं २०७८ मङ्सिर–७ गते सम्पन्न गर्ने सम्झौतामा उल्लेख छ । तोकिएको मितिभन्दा अगाडि नै निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने लक्ष्यका साथ काम थालिएको ठेकेदार कम्पनीका प्रतिनिधि लक्ष्मण बस्नेतले बताए । आर्थिक वर्ष २०६६÷०६७ मा निर्माण सम्पन्न गरेर सञ्चालनमा आएको दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डको तापखोलामा ढिलै भए पनि पक्की पुल निर्माण हुने भएपछि स्थानीय बासिन्दा हर्षित भएका छन् ।

विसं २०६६ मा साविक खार्मी गाविसको रु १४ लाख बजेटबाट निर्माण शुरु गरिएको सो सडक विसं २०७७ मा पूरा गरेर सञ्चालनमा ल्याइएको थियो । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारबाट १५ किलोमिटर टाढा पर्ने खार्मी क्षेत्रको सडकखण्डमा यसपल्ट प्रतिनिधिसभा सदस्य विशाल भट्टराईको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु १५ लाख बजेटबाट खार्मीको कालिका माविदेखि तापखोलासम्म स्तरोन्नति गरिएको छ ।

निर्माण सम्पन्न भएको लामो समयसम्म ढुवानीका सवारीसाधन मात्र सञ्चालन हुँदै आएको सो दिक्तेल–खार्मी–बाक्सिला सडकखण्डमा गत वर्षदेखि नियमित बस तथा सुमो सेवासमेत शुरु भएको छ । हिउँदभर करिब छ महिनामात्र सञ्चालन हुने सो सडक खार्मीको अधिकांश क्षेत्रका स्थानीय बासिन्दासँगै पाथेका, बास्पानी, बाक्सिला, सप्तेश्वर, सुङ्देल, दिप्सुङलगायतका स्थानीय बासिन्दाले उपयोग गर्दै आएका छन् ।

कच्ची अवस्थामा सञ्चालन हुँदै आएको दिक्तेल–खार्मी–बाक्सिला सडक स्तरोन्नतिका लागि नगरपालिकाले पहिलो प्राथमिकतामा राखेको नगर प्रमुख दीपनारायण रिजालले बताए । “दिक्तेल–खार्मी–बाक्सिला सडक नगरवासीका लागि मात्र नभई उत्तरपूर्वी क्षेत्रका स्थानीय बासिन्दाको लागि प्रमुख मार्गमा पर्दछ”, उनले भने, “यो सडकलाई स्तरोन्नति गरेर बाह्रै महिना सञ्चालनमा ल्याउन केपिलासगढी गाउँपालिकासँग सहकार्य गरेर नगरपालिकाको तर्फबाट गर्नुपर्ने सहयोग आवश्यक सहयोगलाई निरन्तरता दिइनेछ ।”

दिक्तेल बजारबाट खार्मी हुँदै बाक्सिला भएर भोजपुरसम्म जोडिने उक्त सडकको सुङ्देलसम्म ट्र्याक खोलिसकिएको छ । सो सडक सञ्चालनमा आउन सके दिक्तेल बजारबाट खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बुको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल सालपा पोखरी जाने सबैभन्दा छोटो मार्ग बन्नेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...