सेना मारिएकोबारे भारतीय सेना हास्यास्पद दावी, भारतीय सेनातर्फ कुनै क्षति भएको छैन

1592493860ind army.png

काठमाडौं । यही जुन १५ र १६ तारिखमा लदाखको गाल्वान उपत्यकामा भारतीय र चिनियाँ सैनिकबीच दोहोरो भीडन्त हुँदा २० जना भारतीय सेनाको मृत्यु भयो । भारतीय प्रधानमनत्री नरेन्द्र मोदीले समेत २० जनाको रगतलाई इतिहासले कहिले नबिर्सने उल्लेख गरे ।

तर, भारतीय सेना र चिनियाँ सेनाका बीचमा भएको भनिएको भीडन्तमा क्रममा भारतीय सेनातर्फ कुनै क्षति नभएको भारतीय सेनाले जनाएको छ ।

केही दिन अगाडि भएको भनिएको भिडन्तका क्रममा केही भारतीय सैनिकहरुको मृत्यु भएको भनिएको विषयमा भारतीय सेनाले बिहीबार स्पष्ट पार्दै आफ्नोतर्फ कुनै क्षति नभएको जानकारी दिएको हो ।

भारतीय सेनाद्वारा जारी वक्तव्यमा लेखिएको छ, ‘न्युयोर्क टाइम्सले यही जुन १७ तारिखका दिन चीन र भारतबीचमा झडप भएको र केही भारतीय सैनिकहरुको मृत्यु भएको भनेर समाचार लेखिएपनि भारतीय सेनामा कुनै क्षति नभएको स्पष्ट पार्न चाहन्छौँ ।’

समाचारमा झडपका क्रममा कर्णेल तहका सैन्य अधिकारीसहित भारतीय सैनिक तर्फका कम्तीमा २० सैनिकको मृत्यु भएको उल्लेख गरिएको थियो । तर भारतीय सेनाले सो भीडन्तमा भारतीय सेनातर्फ कुनै क्षति नभएको उल्लेख गरेको छ । एजेन्सी

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...