लकडाउनमा रोकियो १५ बालविवाह

4912970579948f8686e4040dd6e98f671552027810

काठमाडौँ । बालविवाह रोक्ने विशेष अभियानअन्तर्गत मकवानपुर जिल्लामा  लकडाउनको अवधिमा १५ बालविवाह रोकिएको छ ।

सिबिन बाल हेल्पलाइनका अनुसार हेटौँडा उपमहानगरपालिकामा छ, बकैयामा तीन, मकवानपुरगढीमा तीन मनहरिमा दुई र भीमफेदीमा एक गरी कूल १५ बालविवाह रोकिएको  छ । स्थानीय प्रहरी प्रशासन, अधिकारकर्मी, जनप्रतिनिधि तथा समाजसेवीको सहयोगमा ती बालविवाह रोकिएको हेल्पलाइनका सम्झना अधिकारीले बताइन् । 

उनले विगत छ महिनामा जिल्लाका विभिन्न स्थानका ५०  बालविवाह रोकिएको र आगामी दिनमा पनि यस अभियानलाई प्रभावकारीरूपमा लैजाने बताइन् ।  चेतना, अशिक्षा, गरिबी तथा रुढीवादी परम्पराका कारण बालविवाह हुने गरेको जनाइएको छ । स्थानीय प्रशासनले समेत बालविवाह रोक्न सबैलाई आग्रह गरेको छ ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...