मानवीय विभेदविरुद्ध हतियार उठाउने हिम्मत के दलितमा छ ?

Shamvu rasali 3 3 077

‘हामी हतियार बनाउने मात्र होइन, हतियार चलाउन पनि सक्छौं’ भन्न कति सजिलो छ, भनिदिए पुग्छ । भन्नु एउटा पाटो हो भने गरेर देखाउनु अर्को पाटो हो । दलित नेता, कार्यकर्ता, सामाजिक अभियन्ताहरुको लागि यो शब्द थेगो नै भइसकेको छ । भाषण गर्न जति सजिलो छ, त्यसलाई कार्यान्वयनमा ल्याउन त्यति नै गाह्रो छ भन्ने कुरा नबुझ्दा वर्षौदेखि यो शब्द सबैको प्यारो बनेको छ । जब दलितमाथि जातीय घटना घट्छ तबतब यो शब्द सबैको लागि प्यारो हुन्छ ।

हतियार ती व्यक्तिहरुले मात्र चलाउन सक्छ, जसले मृत्युुसँग जुध्ने आँट गरेका हुन्छन् । हतियार ति व्यक्तिहरुले मात्र चलाउन सक्छ, जसले हतियार चलाई सकेपछि आउने परिणाम सहन तयार हुन्छन् । हतियार ती व्यक्तिहरुले मात्र चलाउन सक्छन् जोसँग हिम्मत हुन्छ । अहिलेसम्मको इतिहास हेर्दा बनाउनेले होइन, चलाउनेले मात्र हतियार उठाएका छन् । हतियार बनाउनेले चलाउन सक्छन् । तर अन्यायको विरुद्धमा हतियार उठाउन किन सकेनन ? मानवीय विभेदको विरुद्ध हतियार उठाउने हिम्मत के दलितमा छ ? छ भने अहिलेसम्म किन उठेन ?

भविस्यमा यसका विरुद्ध हतियार उठाउने व्यक्ति जन्मेका होलान त ? के हतियार उठाउनु नै समस्याको सामधान हो ? दुई/चार जना मर्दैमा र मार्दैमा के विभेद अन्त्य हुन्छ ? दलित नेता कार्यकर्ताहरुलाई भाषण गर्न यो शब्द पेवा नै बनेको छ । तर विडम्बना, हतियार चलाउँछौ भन्ने धम्की सहितको भाषण नत सरकारले सुनेको छ न आफ्नै बर्गले बुझेका छन् ।

बिहानीले दिनको संकेत गर्छ भने जस्तै क्रियाले प्रतिक्रिया जनाउँछ । यहाँ न बिहानीले दिनको संकेत गरेको छ, न क्रियाको प्रतिक्रिया । भाषण दलितहरुको लागि हात्ती आयो हात्ती आयो फुस्सा भनेझै भएको छ । बिचारले सबैलाई आकर्षण गर्ने हो, बिचारले नै हतियार चलाउन हिम्मत प्रदान गर्ने हो ।

अहिलेसम्म त्यस्तो व्यक्ती नजन्मदाँ दलित आन्दोलनले गति लिन नसकेको तितो सत्य हामीमाँझ छँदै छ । कसैको सोचलाई पूरा गर्न हतियार उठ्यो । तर आफ्नै मुक्तिको लागि हतियार त के आवाजसम्म उठ्न सकेन । अरुको बिचारलाई झोलामा बोकेर हिड्नेहरुले आफ्नै मुक्तिको लागि के हतियार उठाउलान त ? झोलाको बिचारले निर्देशन गरेअनुसार हतियार चल्न सक्दैन भन्ने कुरा अहिलेसम्मका घटनाहरुले पुष्टी गरेको छ ।

हतियार शब्दले अहिले धेरै फड्को मारिसकेको छ, हाम्रो सोच भन्दा निकै विकसित भएको छ । हामिले बुझेको खुकुरी, तरवार र भरुवा बन्दुकबाट विकसित भएर न्यूक्लियर बम, एटम बम, हाइड्रोजन बमको रुप धारण गरेको छ । हामी भने त्यही घरेलु औजारहरुलाई हतियार भन्न छोडेका छैनौ । यसैबाट थाह हुन्छ हाम्रो अवस्था । अझैं पनि हामी त्यही युगमा छौं, जुन यूगमा हतियारको रुपमा भाला, तरवार, खुकुरी आदि प्रयोग हुन्थ्यो ।

हाम्रा पुर्खाहरुले घरेलु हतियार बनाएकै हुन्, भरुवा बन्दुक बनाएकै हुन् । तर अहिलेको परिवेशमा समयले धेरै कोल्टो फेरेको छ । खुकुरी, भाला, धनुषले लड्ने दिन छैन । कुनै बेला सवारी साधनको रुपमा घोडाको महत्व भए जस्तै खुकुरीको पनि महत्व थियो । तर संसारमा भएको विकासको चमत्कारले यी दुबैलाई सजावटको रुपमा सीमित गरेको छ । अहिले तरवार, धनुष, खुकुरी जस्ता हतियार चलाउन होइन, सजाउने सामाग्री बन्न पुगेको छ । एक क्लिकमा विश्व ध्वस्त हुने हतियार बनिसकेको परिवेशमा सजावटको रुपमा प्रयोग भएका र आफ्नो इतिहास बनाइसकेका हतियारहरु उठाउँछौ भन्नु के तार्किक हुन्छ ?

म काठमाडौं छिरेको २० वर्ष भयो । सानैदेखि सामाजिक कार्यमा घुलमिल हुने स्वभाबले यहा आइसकेपछी पनि छोडेन । विभिन्न संघ सस्थाको कार्यक्रममा दलित नेता भनाउदाहरुले गरेको भाषण सुन्न पुग्थे । कसैले मृत्यु वा मुक्तिको कसम भन्दै भाषण शुरु गर्थे त कसैले हतियार बनाउन जान्नेले हतियार चलाउन पनि जानेका हुन्छन् । त्यो शब्द २० वर्षपछि आजका दिनसम्म पनि त्यति नै लोकप्रिय बनेको छ जति त्यो २० वर्ष अगाडि थियो । यस्ता भाषण कहिलेसम्म म जस्ता पीडितले सुन्नु पर्ने हो कसैलाई थाह छैन । मृत्यु वा मुक्तिको कसम भनेर जसले भाषण गरे नत त्यो नारा भन्नेले बुझे न सुन्नेले । दलित नेताहरुको लागि यी भनाईले मसलाको काम मात्र गरेको देखिन्छ ।

हतियार के हो ?
मानव सभ्यताको क्रममा उनीहरुको आवश्यक्ता पुर्तिको लागि जंगली जनावरहरुको शिकार गर्न, उनीहरुको आत्मारक्षा गर्न, समाजमा बनेका कानुनहरुको पालनाको लागि बाध्य पार्न र शत्रुको सामना गर्न प्रयोग गरिने धारिला औजारहरुलाई हतियार भनिन्छ । विश्वमा भएको विकासको चमत्कारसँगै यसको पनि विकास भएको देखिन्छ । जस्तो भाला, छुरा, शुली, बन्चरो, धनुषबाट विकसित भएर बन्दुक हुँदै तोप, वायूयान, ट्यान्क, एटम बम, न्यूक्लियर बम, हाइड्रोजन बम, विशालु ग्यास, जैविक एजेन्ट, साइबर वेरफेयर, ड्रोन आदि आहिलेका हतियार हुन् । विकसित राष्ट्रहरुले आविस्कार गरेका बमहरुलाई संग्रालयमा जस्तै सजाएर राखेको अवस्थामा हामीहरु हतियार उठाउँछौ भनेर घाटी सुकाई सुकाई चिच्याउनु के राम्रो कुरा हो ?

मेरो विचारमा अबको हतियार सोचलाई बनाउनुपर्छ । अबको हतियार धन सम्पत्तिलाई बनाउनुपर्छ । अबको हतियार शिक्षालाई गराउनुपर्छ । अबको हतियार संगठनलाई बनाउनु पर्छ, अबको हतियार कानुनलाई बनाउनुपर्छ । अबको हतियार संग्र्रालयमा सजाएर राखिएका हतियारलाई बनाउनुपर्छ ।

मानसिकतामा रुपान्तरण
विचार दुई प्रकारको हुन्छ सकारात्मक वा नकारात्मक । सकारात्मक विचार वा मानसिकताले विकासको बाटो पछ्याइरहेको हुन्छ । मानिसलाई चिन्तनशील बनाउँछ भने नकारात्मक मानसिकताले विनाश वा चितासम्म पुर्याउँछ । समाज, वर्ग, समुदाय, राष्ट्रको विकास वा समृद्धि त्यहाँ रहेका मानिसहरुको मानसिकतामा भर पर्ने हो । नेपाल विश्वकै गरिव देशहरु मध्यमा किन परेको छ ? महत्वपूर्ण कुरा यहि छ । अझैंसम्म पनि नेपालीहरुमा विभेदपूर्ण मानसिकता हुनु नै विकासको बाधक तत्व बनेको छ । यहाँका मानिसहरुको मानसिकता धर्मबाट निर्देशित भएको कारण एक आपसमा फुट हुनु, एकले अर्कोलाई घृणा गर्नु, एकले अर्कोलाई सताउनु यहाँको विशेषता बनेको छ । यति सम्मकी शिक्षित भनाउँदाहरु पनि धर्मको आडमा चलेको देखिन्छ । शिक्षाले समेत उनीहरुको मानसिकता परिवर्तन गर्न सकेको छैन ।

जबसम्म यस्तो प्रक्रिया चलिरहन्छ, समस्या ज्यूका त्यूँ रहिरहन्छ । नेपालको जातीय प्रथा यसको राम्रो उदाहरण हो । यहाँ मन र मस्तिष्कमा रहेको मानसिकता हटाउनुपर्ने छ । हतियारले भौतिक शरीर खतम गर्न सक्छ मानसिकतालाई सिध्याउन सक्दैन, सोचलाई हटाउन सक्दैन । त्यसकारण हतियार चलाउने मानसिकता होइन, समाज रुपान्तरण गराउने मानसिकता बनाउनु जरुरी छ । एक दुई जनालाई मार्दैमा र एक दुई जना मर्दैमा विभेद अन्त्य हुन्छ भनेर सोच्नु महाभुल हुनेछ ।

औजार उठाऔं
लगानी, उत्पादन र रोजगारीले मात्र मानिस, समाज, वर्ग र राष्ट्रलाई समृद्ध बनाउँछ । यीनै कुराको अभावमा लाखौ युवा विदेशीको शरण पर्नुपरेको छ भने देश चलाउने आर्थिक स्रोत रेमिटेन्स भएको छ । विकासको लागि अथाह सम्भावना हुँदाहुँदै पनि मृगले आफूसँगै भएको कस्तुरीको बासना जंगलमा खोज्दै हिडे जस्तै नेपाली युवा रोजगारीको अभावमा बिभिन्न देश धाउनुपरेको छ । देशमै लगानी गरेर देशलाई समृद्ध बनाउन सकियो, वर्गलाई समृद्ध बनाउन सकियो, समाजलाई सम्पन्न बनाउन सकियो भने विभेद बिस्तारै हट्दै जाने छ । तसर्थ यस्तो अवस्थामा हतियार होइन, देश विकासका लागि उत्पादनका औजारहरु समाऔँ । हिंसाको रगत होइन, देशले पसिनारुपी रगतको अपेक्षा गरेको छ ।

कलमलाई नै हतियार
तरवारभन्दा कलम ठूलो भन्ने भनाई छ । तरवारले हत्या हिंसा निम्त्याउँछ जुन राम्रो कुरा होइन । कलमको सहाराले राम्रो विचारलाई विश्वमा फैलाउन सकिन्छ । विश्वमा जति पनि चमत्कार भएको छ । कलमकै कारण भएको हो । शिक्षाको कारण भएको हो । तरवार र हतियारले हत्या, हिम्सा र अशान्तिबाहेक केहि पनि निम्त्याउँदैन । शिक्षाले नै मानिसको मानसिकतामा सकारात्मक परिवर्तन ल्याउने भएको हुँदा सबै दलित तथा गैरदलितलाई शिक्षासँग जोड्ने माहोल बनाउनु जरुरी छ । शिक्षा नै सबथोक हो । त्यसकारण हतियार उठाउने कुरा होइन, कलम समाएर सभ्य समाज निर्माणमा अघि बढौँ ।

संगठन मुख्य हतियार
संगठन भनेको शक्ति हो । जो व्यक्तिहरु सामाजिक, राजनैतिक, व्यावसायिक वा धार्मिकरुपले संगठित हुन सके ती देशका नागरिकहरुले विकासको स्वाद लिइरहेका छन् । दुःखलाई इतिहासमा रुपान्तरण गरेका छन् । यहाँको समाजले मानिसहरुलाई सामाजिकरुपले संगठित हुन रोकेको छ, यहाँको राजनीतिले राजनैतिकरुपमा संगठित हुन बञ्चित गरेको छ । यहाँको धर्मले धार्मिकरुपमा संगठित हुन रोकेको छ । चेतना र अविश्वासको कारण व्यावसायिकरुपमा समेत संगठित हुन सकिएको छैन ।

यदि विभेद मुक्त समाजको परिकल्पना गर्ने हो भने हतियार बनाउने, हतियार उठाउने होइन, संगठन बनाउन लाग्नुपर्छ । शक्ति सञ्चयमा ध्यान दिनुपर्छ । देशमा रहेका हरेक क्षेत्रको व्यवस्थापन गर्ने काम व्यवस्थापिकाको हुन्छ । व्यवस्थापिकाले नै कानुन, नीति नियम बनाउने भएको हुँदा विभेदविरुद्ध कडाभन्दा कडा कानुन बनाउन व्यवस्थापिकामा पुग्न राजनैतिक पार्टीको निर्माण गरौं, जसको कारण नीति नियम बनाएर छुवाछूत लगायत अन्य विभेदको अन्त्य गरौं ।

सस्कार बदलौँ
जन्मेदेखि मृत्युसम्म गरिने सम्पूर्ण क्रिया बिधिलाई सस्कार भनिन्छ । हिन्दु धर्म शास्त्रअनुसार गर्भधारणदेखि अन्त्येष्टिसम्म १६ सस्कार रहेका छन् । जुन सस्कारले विभेदलाई मलजल गर्ने काम गरेको छ । उदाहरणको लागि बाल्यकाल सस्कारअनुसार मानिस जन्मने बित्तिकै उसको जात कर्म सस्कार हुन्छ । जस्तो बाहुनको छोरा बाहुन र कामीको छोरा कामी । अध्ययन सस्कारअनुसार उपनयन सस्कार गर्ने चलन छ । ब्राह्मण ८, क्षेत्री ११ र बैश्य १२ वर्षको हुँदा ब्रतबन्धन गरेर जनै लगाईदिने । यसपछि उसलाई कसको संत गर्नु हुन्छ कसको संत गर्नुहुँदैन ।

कसले छोएको खानु हुन्छ कसले छोएको खानु हुँदैन आदि सिकाईन्छ । विवाह सस्कारअनुसार आफ्नै जातिसँग मात्र विवाह गर्न सिकाईछ । जुन कुराले जातीयता र धर्मको सरक्षण गरेको छ । जब सम्म यो सस्कार बदलिदैन तब सम्म भेदभाव ज्यूका त्यूँ रहिरहन्छ । अत कि त हिन्दु धर्मले यस्ता सस्कार छोड्नुपर्छ । होइन भने यस्तो सस्कार नमान्नेले हिन्दु धर्म त्याग्नु पर्छ । त्यसकारण हतियार उठाउने होइन, सस्कार बदल्नतर्फ लागौं ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज असार महिनाको अन्तिम शनिबार, श्री शनि भगवानको दर्शन गर्दै हेर्नुस् आजको राशीफल यस्तो छ

Rashi sabibar shanidev

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) केही खर्च लागे पनि सोचेको काम बन्नेछ । वैदेशिक कामकाजमा फ...