बुरुण्डीका राष्ट्रपतिको निधन

Pierre nkurunziza

एजेन्सी । अफ्रिकी देश बुरुण्डीका राष्ट्रपति पियरा कुरुन्जिजाको निधन भएको छ । कार्डिक अरेस्टका कारण ५५ वर्षका राष्ट्रपति कुरुन्जिजाको सोमबार निधन भएको सरकारले बताएको छ ।

उनलाई स्वास्थ्यमा समस्या देखिएपछि शनिबार अस्पताल भर्ना गरिएको थियो । उनको स्वास्थ्यमा सुधार भएको थियो।

तर सोमबार कार्डिक अरेस्ट भएपछि उनलाई बचाउन गरिएको प्रयास असफल भएको सरकारी अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सन् २०१५ मा उनले तेस्रो कार्याकालका लागि चुनाव लड्ने घोषणा गरेपछि बुरुण्डीमा राजनीतिक विवाद सिर्जना भएको थियो । असफल कू को प्रयास पनि भएको थियो ।

विवादले हिंसाको रुप लिँदा सयौँ मानिसको ज्यान गएको थियो भने दशौँ हजार मानिस देश छोडेर भाग्न बाध्य भएका थिए ।

प्रतिकृया दिनुहोस