अमेरिकामा प्रहरीद्वारा सामूहिक राजिनामा !

Collective resignation of police in the united states

अल्वानी । अमेरिकामा भइररहेको जर्ज फ्लोइड हत्याकाण्ड विरुद्धको जन प्रदर्शनको क्रममा एकजना ७५ वर्षिय वृद्धलाई धकेलेर भुँइमा लडाएको भिडियो सार्वजनिक भए लगत्तै दुईजना प्रहरी अधिकारीलाई निलम्वन गरिएपछि शुक्रवार न्युयोर्कको बफाएलो प्रहरी विभागका सम्पूर्ण इकाइले नै राजिनामा दिएको छ ।

सो विभागको ति ५७ जना आपतकालिन जिम्मेवारी टोलिका सदस्य दंगा र अन्य भिड नियन्त्रण कार्यमा परिचालित हुने गरेका थिए ।

तिनीहरले प्रहरी विभागबाटै राजिनामा नदिएको बरु सो इकाइको काम परित्याग गरेको बफाएलो न्युजले जनाएको छ ।

भुँइमा ढल्ने वृद्धले लामो समयदेखि मानव अधिकारका लागि शान्तिपूर्ण ढंगले वकालत गर्दै आएको तथा उनी अमेरिकी संविधानका प्रशंसक रहेको बताइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...