'एमसीसी पास गरी छोड्ने' भन्दै परराष्ट्रमन्त्री ज्ञवालीले ल्याए १५ बुँदे राष्ट्रघाती प्रतिवेदन (पूर्णपाठ)

Pradipgyawali

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले नेपालमा एमसीसी जसरी पनि पास गर्नपर्ने भन्दै १५ बुँदे प्रतिवेदन सार्वजनिक गरेका छन ।

अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) नेपालका लागि अतिआबश्यक रहेको भन्दै उनले १५ बुदे राष्ट्रिघाती प्रतिवेदन तयार गरी सार्वजनिक गरेका हुन ।

नेकपाका पूर्वअध्यक्ष झलनाथ खनालको संयोजकत्वमा बनेको कार्यदलका सदस्यसमेत रहेको ज्ञवादलीले कार्यदलले बुझाएको प्रतिवेदनमा फरक मत राख्दै १५ बुँदे राष्ट्रघाती प्रतिवेदन सार्वजनिक गरेका हुन ।

संयोजक खनाल र भिम रावलले तयार पारेको प्रतिवेदनमा एमसीसीका केही प्रावधानहरु राष्ट्रघाती भएको भन्दै संसदबाट जस्ताको तस्तै पास गरेर लागु गर्न नहुने सुझाव दिएको थियो । उक्त प्रतिवेदनमाथि फरक मत राख्दै ज्ञवालीले जस्ताको तस्तै पास गर्न पर्ने धारण राखेका छन ।

उनले अमेरिककाले नेपालका लागि आजसम्मकै सबैभन्दा धेरै अनुदान दिन लागेको भन्दै जसरी पनि संसदबाट पास गर्नपर्ने बताएका छन ।

सत्ता बाहिर हुँदा राष्ट्रबादी र बैद्धिक नेताको छवि बनाएका ज्ञवालीको यो प्रतिवेदनका कारण उनको छवि धमिलिएको छ ।

अमेरिकासँग विकेको भन्दै जनस्तरबाट उनको चर्को आलोचना भएको छ ।

तर पनि उनले एमसीसी परियोजना जसरी पनि नेपालमा लागुहुने भनेपछि उनीमाथि शंकाको दृष्टिकोणबाट हेर्न थालिएको छ ।

यसअघि नेपालमा भारतले बाटो बनाएर उद्घाटन गरेको विषय जानकारी नभएको भनेर आलोचित भएका थिए ।

 

प्रतिकृया दिनुहोस