कोरोना संक्रमणबाट भारतीय संगीतकार वाजिद खानको मृत्यु

Wajid khan die

काठमाडौं । भारतीय फिल्म तथा संगीत उद्योगका चर्चित जोडी साजित–वाजिदका एक मुख्य पात्र अर्थात् चर्चित संगीतकार वाजिद खानको निधन भएको छ ।

गायक सोनु निगमले पनि आफ्नो फेसबुकमा संगीतकार खानको निधन भएको उल्लेख गरेका छन् । स्वर्गीय खानको पारिवारिक श्रोतले बताएअनुसार उनी मृगौला पीडित थिए र दुई बर्षअघि उनको मृगौला प्रत्यारोपण गरिएको थियो ।

घाँटीमा ईन्फेक्सन भएका कारण मुम्बइको चेम्बुरस्थित सुराना अस्पतालमा भर्ना भएका खानको खानको परिक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो । सन १९८१ मार्च १० मा जन्मेका खानको ताजा गीत ‘भाई–भाई ’एक साता अघि रिलिज भएको थियो ।

यो गीत नायक सलमान खानसंगको सहकार्यमा निर्माण गरिएको भारतीय सञ्चार माध्यमले जनाएका छन् । वाजिद खान आफना दाई साजिद खानसंग मिलेर संगीत सृजनाको काम गर्दै आएका थिए ।

साजिद–वाजिदको जोडीले सन १०९८ मा सलमान खान अभिनित सुपरहिट फिल्म ‘मैन प्यार किया’ मा संगीत दिएको थियो । यो जोडीले अहिलेसम्म ९ बर्षसम्म निरन्तरसंगै काम गर्ने क्रममा १६ फिल्म हिट भएका छन ।

प्रतिकृया दिनुहोस