केवल सस्तो लोकप्रियता कमाउन मात्रै कनिका छर्ने बजेट नआओस्

Kiran giri jeth 15

आज जेठ १५ गते १३ औं गणतन्त्र दिवस । नेपालमा जनताको आन्दोलन र चाहनाअनुसार संविधानसभाले गणतन्त्र स्थापना र कार्यान्वयन गरेको एक युग अर्थात् १२ वर्ष पूरा भै १३ वर्षमा प्रवेश गरेको छ ।

नेपालमा २४० वर्ष लामो निरंकुश राजतन्त्रको अन्त्य गर्दै संविधान सभाले १५ जेष्ठ २०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा एवं कार्यान्वयन गरेको थियो । मुलुक एकात्मक राज्य प्रणालीबाट संघीयतामा प्रवेश गरेको थियो ।

जन्मको आधारमा रास्ट्रप्रमुख हुने निरंकुश र जहानिया परम्परागत राजतन्त्र अन्त्य गर्दै जनमतको आधारमा जनताको छोराछोरी रास्ट्रप्रमुख हुने अग्रगामी राजनीति प्रणालीलाई गणतन्त्रले स्थापना गरेको ऐतिहासिक दिन हो जेठ १५ गते । यो नेपाली राजनीतिमा अग्रगामी रुपान्तरण र छलाङ हो । जसले २४० वर्षको इतिहास र र परम्परालाई क्रम भंग गराएको थियो ।

गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता हाम्रो संविधान र परिवर्तनले आत्मसात गरेको यथार्थ हो हाम्रो गणतन्त्र । नेपाली जनताले धेरै ठूलो चाहना र सपना बोकेर गणतन्त्र स्थापना गरेका हुन् । अब गणतन्त्रले नेपाली जनताको विकास र समृद्धिको अपेक्षालाई पूरा गर्नु जरुरी छ । सबैलाई चेतना भया ।

संवैधानिक प्रावधान र आवश्यकताअनुसार आजै अर्थमन्त्री युवराज खतिवडाले संसदको संयुक्त बैठकमा अपरान्ह आर्थिक वर्ष (२०७७र७८को लागि आम्दानी र खर्चको अनुमानित विवरण बजेट प्रस्तुत गर्दैछन् । कोरोना कहरबीच आउँदै गरेको बजेटप्रति नेपाली जनताको धेरै ठूलो अपेक्षा रहेको छ ।

चीनको बुहानबाट फैलिएको कोरोना भाइरस कोभिड (१९ को संक्रमणले आज विश्व नै आक्रान्त भइरहेको छ । महान शक्ति रास्ट्र, छिमेकी मित्ररास्ट्रसहित आज हामी नेपाली कोरोना भाइरस रोकथामको लागि झण्डै दुई महिनादेखि जेठ २० गतेसम्म लकडाउनमा छौं । लकडाउन अझैं केही महिना कृषि र आर्थिक गतिविधिमा खुकुलोपनसहित लम्बिन सक्ने अवस्थामा हामी छौं । कोरोना र लकडाउनका कारण नेपालको आर्थिक, वित्तिय सामाजिक र राजनीतिक अवस्था दशकौँ पछाडि धकेलिएको अनुमान गरिँदै छ । रेमिट्यान्सले धानेको नेपालको आर्थतन्त्र अब धरासायी नहोला भन्न सकिँदैन । रोजगारीका लागि बिदेशीएका नेपाल दाजुभाइहरु रोजगारी गुमाएर स्वदेश फर्किने अवस्था आयो भने नेपालको आर्थिक र सामाजिक अवस्था भयावह हुनसक्छ । यसको समेत सम्बोधन र व्यवस्थापन आजको बजेटले गर्न सक्नुपर्छ ।

यस्तो विषम परिस्थितिमा आउन लागेको बजेटप्रति हामी सबैको चासो रहनु स्वाभाविक हो । अब नेपाल र नेपालीको संरक्षण र समृद्धिको लागि सरकारले नितान्त नयाँ शैलीको र कार्यक्रम सहितको बजेट ल्याउनु जरुरी छ ।

कृषि उत्पादनमा औद्योगिकरण, रोजगारीमा मौलिक र नयाँ कार्यक्रम, फजुल खर्चमा व्यापक कटौती, उच्चस्तरीय राजनीतिक ओहोदाका पदाधिकारीहरुको सुविधामा व्यापक कटौती, सांसद विकास कोष केही वर्षका लागि स्थगित, चालू परियोजनाहरुको काम सम्पन्नता, महत्वाकांक्षी आयोजनाहरु केहि वर्षका लागि स्थगन, स्वास्थ शिक्षा र सडक अनि कृषिमा बिशेष लगानीको नीति अबलम्बन गरिनुपर्छ भन्ने जनताको अपेक्षा रहेको छ । बजेटमा यो सबै समेटिने विश्वास आम जनताको रहेको छ ।

जनताका यीनै अपेक्षाहरुको परिपूर्ति हुने गरी सरकारले बजेट ल्याउनु अत्यावश्यक छ । आम नेपाली जनताको चाहना र अपेक्षा बमोजिम यस वर्षको बजेट आउने छ भन्ने विश्वास गरिँदै छ ।

कनिका छरेझैं बजेट छरेर सस्तो लोकप्रियता कमाउन नलागी मुलुक र जनताको दिगो हित एवं विकासको लागि सरकारको आर्थिक काम कारवाही सहितको बजेट जनताको अगाडि आउनु जरुरी छ ।

सरकार र हामी नेपाली जनताले अबको नेपाल र आफ्नो जीवन शैलीलाई सरल र मितव्यायी बनाउनु जरुरी छ । सादा जीवन उच्च बिचारको आदर्शलाई हामी सबैले अवलम्बन गर्नु जरुरी भइसकेको छ । कम्युनिस्ट पार्टीको बहुमत र दुई तिहाइको उन्मादलाई अब प्रधानमन्त्री र नेकपाले त्याग्नु जरुरी छ ।

१३ औं गणतन्त्र दिवससँगै आइरहेको बजेटले कोरोना भाइरस (कोभिड –१९) को संक्रमण र महामारीका बीच नेपाली जनताको मनोवल उकास्न र नयाँ उर्जा थप्न सक्ने छ भन्ने आशा अपेक्षा सवत्र गरिँदै छ ।

मुलुकमा एउटा नयाँ खालको एकता र सहमतिको खाचोलाई परिपूर्ति गर्ने उदेश्यका साथ अर्थमन्त्री युवराज खतिवडाले आर्थिक वर्ष ३०७७र७८ ल्याउने छन् भन्ने अपेक्षासमेत सर्वत्र गरिएको छ ।

(लेखक एवं राप्रपा केन्द्रीय नेता हुन् ।)

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...