लकडाउनको मौकामा शिक्षकले बालिकालाई राति घर पछाडी लगि बलात्कार

Molestration

काठमाडौँ । कोरोना भाइरसका कारण जारी लकडाउनको बेला कपिलवस्तुमा शिक्षकबाटै महाराजगंज नगरपालिका वडा २ उनवलियामा १५ बर्षीया बालिका बलात्कृत भएकी छिन् ।

नगरपालिका वडा नम्बर १ स्थित नेपाल राष्ट्रिय आधारभुत विद्यालय औराहाका शिक्षक २८ बर्षीय गोरखनाथ लोहारले बालिकालाई बलात्कार गरी फरार भएका छन् । लोहारले मंगलवार राति बालिकालाई घरबाट तानेर घरको पछाडि लगी बलात्कार गरेको बालिकाका परिवारले आरोप लगाएका छन् ।

घर पछाडि अचेत अवस्थामा बालिकालाई परिवारले फेला पारेको थियो । सो लगत्तै पीडित बालिकाका परिवारले प्रहरीलाई त्यसबारे जानकारी गराएको थियो । पीडक लोहारलाई समात्न खोज्दा गाउँका केहीले उनलाई भगाएको पीडीत बालिकाको परिवारले गुनासो गरे ।

बालिकाको बहादुरगंज अस्पतालमा स्वास्थ्य जाँचसमेत गरिएको छ । पीडित बालिकाका परिवारले लोहार विरुद्ध वडा प्रहरी कार्यालय चन्द्रौटामा किटानी जाहेरी दिने बताएका छन् ।

बालिकालाई राती बहादुरगंजमा रहेको शिवराज अस्पतालमा स्वास्थ चेकजाँच गरिएको र फरार भएका पिडक लोहारको खोजी कार्य जारी रहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक दिपेश खरेलले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...