अन्तरजातीय प्रेम विवाह : घटनाविरुद्ध ताते देशभरका दलित, तात्यो सत्तारुढ दलको दलित संगठन पनि

Rukum aandolan

काठमाडौं । शनिबार रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको कुटाइबाट जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका नवराज विक र चौरजहारीका टीकाराम सुनारको मृत्यु भएपछि देशभरका दलित समुदाय आक्रोसित बनेका छन् ।

दलित नागरिक संघसंस्थाहरुले संसदीय समिति तत्काल घटनास्थल गएर अध्ययन गर्नुपर्ने माग गरेका छन् । घटनाको चौतर्फी बिरोध भएको छ ।

अन्तरजातीय प्रेम गरेकै आधारमा दलितमाथि गरिएको अमानवीय व्यहार र हत्याको निन्दा गर्दै देशभरका दलितहरु आन्दोलित भएका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठनले सो घटनामा दोशी रहेका सबैलाई कानुनी दायरामा ल्याउन माग गरेको छ ।

सो संगठनका सहइन्चार्ज तथा सहसंयोजक बोमबहादुर विश्वकर्माले सोमबार साँझ विज्ञप्ती जारी गर्दै सो घटनामा संलग्न रहेकालाई हदैसम्मको कारवाही गर्न र पीडितका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ । सो विज्ञप्तीमा सो घटनाले संविधान र लोकतन्त्रकै उपहास गरिएको छ । उनी नेकपाको केन्द्रिय सदस्य पनि हुन् । 

यता, मृतकका आफन्तले सोमबार जिल्ला जिल्ला प्रहरी कार्यालय जाजरकोट अगाडी नाराबाजी गरे । सामाजिक दुरी कायम गरेर विश्वव्यापी कोरोना भाइसरको संक्रमणलाई नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कुनै प्रबाह नगरी पिडित पक्षले जिप्रका अगाडी नाराबाजी गरेका हुन् ।

घटनाको निष्पक्ष छानविन गर्नुपर्ने, दोषीलाई कानुन बमोजिमको सजाय हुनुपर्ने, बेपत्ताहरुको छिटो खोजीकार्य गर्नुपर्ने, जातीय छुवाछूत तथा विभेदको अन्त्य गनुपर्ने जस्ता मागहरु राखेर पीडित पक्षले नाराबाजी गरेका थिए ।

घटनाको निष्पक्ष छानविन गरी घटनाका दोषीलाई कारबाही गर्न सरकारले जिम्मा लिनुपर्ने बताउँदै संघ र प्रदेश सरकारका मन्त्री तथा जिम्मेवार व्यक्तिले घटना छानविनको जिम्मेवारी नलिदासम्म मृतकका आफन्तले लास जिम्मा नलिने उनीहरुले माग राखेका छन् ।

मृतक नवराज विक र सोतीकी एक युवतीबीच लामो समयदेखि प्रेम रहेको र युवतीकै आग्रहमा नवराजले केही साथीहरु लिएर शनिबार बेलुकी सोती गएका थिए । सोही क्रममा गाउँलेले आक्रमण गर्दा बेपत्ता भएकामध्ये ३ जनाको लास भेटिएको छ भने अझैं ३ जना बेपत्ता छन् । घटनामा नवराज विक, गणेश बुढामगर र टिकाराम सुनारको मृत्यू भइसकेको छ भने गोविन्द सुनार, सञ्जु विक र गोविन्द साही अझै बेपत्ता छन् ।

प्रहरीले समूहका १२ जनालाई नियन्त्रणमा लिए पनि ७ जना बेपत्ता देखिएपछि शनिबार राति नै खोजी सुरु गरेको थियो । राती साढे १० बजे प्रेमी भनिएका नवराज विकको शव घटनास्थलबाट करिब डेढ किलोमिटरको दुरीमा रहेको भेरी नदीको पुलमुनि भेटिएको थियो ।

नवराजकी प्रेमिका भनिएकी युवती ठकुरी परिवारकी हुन् । युवतीको सरसल्लाहमै नवराज सहितको समूह उनलाई लिन सोती पुगेको थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...