बालिकालाई यौन शोषण गर्ने शिक्षक अधिकारी पार्टीबाट सदस्यतासमेत नरहने गरी निष्कासित

Madan adhikari karbahi

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटा नगरपालिका वडा नं. ६ आत्माराकी १३ वर्षीय बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएका शिक्षक मदन अधिकारीलाई पार्टीको सदस्यतासमेत नरहेन गरी कारवाही गरेको छ ।

पार्टीका जिल्ला अध्यक्ष तथा संघीय सांसद राजेन्द्र राईले आइतबार एक विज्ञप्ती जारी गर्दै अधिकारीमाथि गम्भीर प्रकारको आरोप लागेको र उनी जिल्ला प्रहरी कार्यालय धनकुटाको हिरासतमा रहेका कारण उनको मसद्धाको किनारा नलागुञ्जेलसम्मका लागि पार्टीको साधारण सदस्यतासमेत नरहे गरी निष्कासन गरिएको जनाएका छन् ।

अधिकारी हाल नेकपा निकट अखिल नेपाल शिक्षक संगठनको प्रदेश नं. १ को महासचिव पनि हुन् । उनलाई पार्टीले सबै जिम्मेवारीबाट हटाएको छ ।

धनकुटा नगरपालिका वडा नं। ६ आत्माराकी १३ वर्षीय दलित बालिकालाई ललाईफकाई यौन शोषण गर्दै आएको आरोप छ । सो घटनाका आरोपित अधिकारीसहित धनकुटा वडा नं. ६ कै गौरी अत्री, सिरान बजारका देवेन्द्र श्रेष्ठ र कचिडेका भक्तबहादुर मगरलाई प्रहरीले पक्राउ गरेको थियो ।

अधिकारी धनकुटा नगरपालिका वडा नं. ६ स्थित माथिल्लो गोकुण्डेश्वर माविमा पढाउने शिक्षक हुन् । उनी पूर्वमाओवादीको शिक्षक संगठनको केन्द्रिय सदस्य थिए । आल उनी पार्टी जिल्ला कमिटीको प्रचार विभाग उपप्रमुख समेत हुन् ।

शिक्षक अधिकारीले परीक्षाको फाराम भर्न तिम्रो बुबाको नागरिकता चाहिएको छ ल्याएर आउनु भनेपछि नागरिकता बोकेर गएका बेला उनकै घरमा बलात्कार गरेको बालिकाले बताएकी छन् । तर बालिकाले उजुरी दिएपछि उनी फरार भएका थिए भने जेठ ३ गते लुकिछिपी रुपमा विज्ञप्ती जारी गर्दै आफुमाथि गलत मानिसहरुले आरोप लगाएको बताएका थिए ।

उनले विज्ञप्तीमा आफु निर्दोश रहेकाले आफु प्रहरी सामु आफैं सम्पर्कमा आउने बताएका छन् । ‘म आफैं अनुसन्धानमा सघाउन र कानुनी प्रक्रिया अवलम्वन गर्न पूर्ण सहमत छु’ उनले भनेका छन्, ‘सम्मानित अदालतको अन्तिम फैसला नआएसम्म कुनै धारणा व्यक्त नगरी दिन सवैमा अनुरोध गर्दै आफु निर्दोष भएको अपिल गर्दै जिल्ला प्रहरी कार्यालयमा आफैं हाजिर हुन लागेको व्यहोरा जानकारी गराउँछु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...