मल्लकी छोरीसँग प्रेम गर्दा यसरी गयो बिकको ज्यान, ६ जना अझैं बेपत्ता

Nabaraj bk

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृत्यु भएको छ ।

गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकसहितलाई लखेटेका थिए ।

वडा नं. ८ का वडाध्यक्षसहितका गाउँले भेला भई विकसहितलाई आक्रमण गरी लखेट्दा उनीहरु भाग्दै भेरी नदीमा हाम फालेका थिए । तीमध्ये नवराज विकको मृत्यु भएको छ । अन्य ६ जना वेपत्ता छन् ।

प्रहरीका अनुसार घटनापछि वेपत्ता हुनेहरुमा भेरी नगरपालिका वडा नं. ४ का गणेश विक, वडा नं. ११ का लोकेन्द्र सुनार, गोविन्द शाही, सन्दीप विक र पश्चिम रुकुमको चौरजहारी नगरपालिकाका वडा नं. १ का टीकाराम सुनार छन् ।

शनिबार बेहुली लिन भनी रुकुम पश्चिमको चौरजहारी पुगेका दलितहरुको समुहलाई स्थानीयले गैरदलितको छोरी नदिने भन्दै लखेटेका थिए । लखेट्ने क्रममा नवराज विक सहितको समुह भेरी नदीमा हाम फालेको हुनसक्ने अनुमान गरिएको छ ।

लखेट्ने क्रममा एक जनाको मृत्यु भएपछि रुकुम प्रहरीले वडाध्यक्ष र केहि स्थानीयलाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय चौरजहारी पश्चिम रुकुमका प्रहरी निरीक्षक धर्म विष्टका अनुसार वडाध्यक्ष डम्वरवहादुर मल्ल, नवराजले बेहुलीको रुपमा लिन गएको भनिएकी शुष्मा मल्ल, उनका बुबा वीरवहादुर मल्ल र आमा प्रकाशी मल्ललाई पक्राउ गरेको छ ।

मृतक विकसँगै भागेका ६ जना युवाहरु अझैँसम्म सम्पर्कमा नआएका कारण उनीहरु भेरी नदीमा खसेर वेपत्ता भएको अनुमान गरिएको छ । जागरकोटबाट गएकामध्ये मृतक विकसँगै गएका अन्य १२ जना युवालाई भने चौरजहारी प्रहरीले नियन्त्रणमा लिएको छ ।

भेरी नगरपालिका वडा नं. ४ रानागाउँका नवराज विक र सोतीकी शुष्मा मल्ल बीचमा लामो समयदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो । उनीहरु बीचको अन्तरजातीय प्रेम सम्बन्ध रहेको शुष्माका आमा–बुवा पहिले नै जानकार थिए ।

आफुहरु बीचको प्रेम सम्बन्धलाई बिबाहमा परिणत गर्न शुष्माकै आग्रहमा नवराजले १९ जना युवा लिएर जाजरकोटको खलंगाबाट शनिबार सोती पुगेका थिए ।

शुष्मालाई भगाउन आएको भन्दै गाउँलेहरुको सहयोगमा जाजरकोटका केटाहरुलाई कुटपिट गरिएको थियो भने चौरजहारी प्रहरीलाई खबर गरेर १२ जना युवालाई प्रक्राउ गराइएको थियो । कुटपिट हुँदै गर्दा भाग्न सफल ७ जना युवाहरु भागेका थिए ।

भागेका ७ जनामध्ये नवराज विक भेरी नदीमा डुबेर मृत अवस्थामा धल्ला पुल नजिकै फेला परेको थियो । शनिबार साँझ ७ बजेतिर उनको शव भेटिए पनि आइतबार बिहान मात्रै नदीबाट उनको शव निकालिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...