नेपाली वेलफेयर सोसाइटी युकेले दियो बाँकेको कोरोना इपिसेन्टरमा खाद्यन्न सामाग्री

Uk help news

काठमाडौं । वेलायतमा रहेर पनि नेपालमा सहयोगी बढाइरहेको नेपाली वेलफेयर सोसाइटी युकेले कोरोना संक्रमणको इपिसेन्टर बनेको नेपालगञ्ज पुगेर २० घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ ।

नेपाली वेलफेयर सोसाइटी युकेले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. ८ का २० घर विपन्न परिवारलाई २५ केजी चामल, ३ केजी दाल, १ लिटर लेन, नुन लगायतका खाद्यन्न सामाग्री वितरण गरेको हो । २० घर परिवार दुई महिनादेखि जारी लकडाउनका कारण समस्यामा परेका अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदुरहरु हुन् ।

सोसाइटीले राहत वितरण गरेको स्थल कोरोना संक्रमणको बाँकेको इपिसेन्टर हो । यो वडामा २५ जनामा कोरोना संक्रमण थियो । त्यसमध्ये २१ जना कोरोना संक्रमणलाई जितेर घर फर्किसकेका छन् ।

सो राहत वितरण कार्यक्रममा नेपाली वेलफेयर सोसाइटी युकेका अध्यक्ष धनबहादुर सार्की, गैर आवासीय नेपाली संघ युकेका अध्यक्ष पुनम गुरुङ, एनआरएनए युकेका सचिव जित रानाभाट, संघीय मामिला तथा सामान्य प्रसासन मन्त्रालय उपेक्षित, उत्पीडित र दलितबर्ग उत्थान विकास समितिका कार्यकारी निर्देशक डा. बुद्धि नेपाली नेपालगंज उपनगरपालिका –८ का वडाध्यक्ष सुरेन्द्र कुमार गुप्त, आइसीसि सदस्य तथा एनआरएनए युकेका निवर्तमा अध्यक्ष योगकुमार फगामी, तमु धी युकेका अध्यक्ष नन्द जंग गुरुङले भर्चुअल सम्बोधन गरेका थिए ।

त्यसैगरी एनआरएनए युकेका उपाध्यक्ष, मोहन कार्की, एनआरएनए युकेका उपाध्यक्षहरु रामचन्द्र पोख्रेल, रोजिना प्रधान राई, सुनिलबाबु खडका, नेपाली वेलफेयर सोसाईटी युकेका सल्लाहकार उदिबहादुर नेपाली, नेपाली वेलफेयर सोसाईटी युकेका सदस्य तेजेन्द्र गुरुङ, चितवन एड ट्रस्ट युके अध्यक्ष जीवन सेनसहित बिबेक बाजपेई, दिपक गुप्ता, अमन गुप्त लगायत भर्चुअल कार्यक्रममा सहभागी बनेका थिए ।

यसअघि सोसाइटीले उदयपुरको भुल्के, चितवनको भरतपुर महानगरपालिकाको घैलाघारी र स्याङ्जाको पुतलीबजारमा रहेका विपन्न परिवारलाई राहत वितरण गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आयो सरकारको नीति तथा कार्यक्रम, २०३० भित्र दिगो विकास लक्ष्य हासिल गर्ने तर्फ जोड दिइने (पूर्णपाठसहित)

Rastrapati ramchandra paudel

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम स...