‘मरेपछि डुमै राजा...’ भन्ने पूर्वसचिव उपाध्यायले धम्कीपूर्ण भाषामा यसरी मागे माफी

Vim upadhuya 10

काठमाडौं । देशभरका सिंगो दलित समुदायलाई होच्याउँदै सामाजिक सञ्जालमा ‘मरेपछि डुम्मै राजा’ भनी पोष्ट गर्ने नेपाल सरकारका पूर्वसचिव भीम उपाध्यायले धम्कीपूर्ण भाषामा माफी मागेका छन् ।

उनले बुटवलमा मृत्यु भएका कोरोना संक्रमितको लास उठ्न नसकेको विषय उठान गरेका थिए । तर, उनले सिंगो समुदायको मानमर्दन हुनेगरी प्रारम्भमै ‘मरे पछि डुम्बै राजा’ आहान हावा खुवायो कोरोनाले’ लेखेका छन् । उद्यपि उनले आफ्नो फेसबुकबाट स्टाटस हटाइसकेका थिए ।

उपाध्यायको स्टाटसपछि चौतर्फी आलोचना भइरहेका बेला निशान न्युजले ‘पूर्व सचिव उपाध्यायले ‘मरेपछि डुमै राजा’ भनेपछि...’ शिर्षकको समाचार प्रकाशन गरेको थियो । समाचार प्रकाशन भएपछि उनले राती ११ः१० मा अर्काे स्टाटस लेख्दै माफी मागेका छन् । तर उनले माफी माग्ने क्रममा स्टाटस डिलिट गरिसक्दा पनि आलोचना गरिएकोमा आपत्ति जनाएका छन् ।

‘मेरो उक्त पोष्ट मैले नै तत्काल डिलिट गरेपछि कमेन्ट गर्न मिल्ने कुरै भएन । पोष्ट डिलिट गरेपछि कथा र मुद्दा त्यही सकिएको मान्नुपर्छ’ उनले माफी माग्दै भनेका छन्, ‘समाजका गलत मनसायमा जेमा पनि कुराजनीति घुसाएर द्वन्द बढाएर रम्ने मानिसहरूले लेख्न के पाएको हुदैन फटाफट स्किनशट गर्दै अनर्गल प्रसार प्रचार अभियान सुरू गरेर सोही आधारमा समाजमा जातीय विभेद र बैमनष्यता फैलाउन गरेको कुचेष्टा र रवैयाप्रति भने म खेद ब्यक्त गर्न चाहन्छु ।’

उनले केही गलत मनसायका मानिसहरूले फटाफट स्क्रिनशट गरेर मलाई निच देखाउन हतार हतारमा आआफ्ना वालमा उक्त तत्कालै डिलिट गरिसकेको स्क्रिनशट फोटो पोष्ट गर्दै गरेको भेटिदै गएको देख्दा म अचम्भित हुन पुगेको छु’ भनी उल्लेख गरेका छन् । उनले ‘मरेपछि डम्मै राजा’ भनी पोष्ट गरेपछि गरिएको स्किनसटलाई आफुविरुद्ध लागेको आरोप लगाएका छन् ।

उनले माफी माग्दा पटकपटक आफ्नो पोष्टमा लेखिए विपतिर अर्नगल प्रचार गरिएको आरोप लगाएका छन् । उनले ‘जेमा पनि कुराजनीति घुसाएर द्वन्द बढाउन’ खोजिएको उल्लेख गरेका छन् ।

‘गलत मनसायका मानिसहरूको उक्साहटमा आएर लेखनको प्रसंगलाई नजर अन्दाज गर्दै दलित समुदायलाई अपमानित गर्यो भनेर मप्रति आरोप लगाउनु सरासर अन्याय पनि हो’ उनले माफी माग्दै यस्तो धम्कीपूर्ण भाषा प्रयोग गरेका छन् । उनले लेख्ने बेला मनपरी लेख्ने अनि अरुलाई उक्साहटमा लागेको भनाईप्रति दलित समुदायले पूर्वसचिव उपाध्यायमा व्राम्हणवादी चिन्तन प्रस्तुत गरेको आरोप लगाएका छन् ।

‘म समाजमा जात, जाति, धर्म, लिंग, रूप, रंग, भाषा, भेष, भौगोलिकता, सम्पत्ति, शक्ति, पद वा धनकै आधारमा कुनै खाले सामाजिक विभेदको कडा बिरोधी र भेदभावबिनाको समान समाजको कट्टर पक्षधर हो । म आफू त्यस्तो गलत सोच्ने कुरा सपनामा पनि कहिल्यै चिताउन पनि सक्दिन’ उनले भनेका छन्, ‘म बाहुन जात परिवारको भए पनि मेरा स्कूलकालमा मिल्ने धेरै दलित साथीहरू थिए। म तिनलाई बेला बेलामा घरमै बोलाएर मेरा छुवाछुत मान्ने पुराना धारणाका कट्टर बाआमालाई सम्झाईबुझाई गर्दै चियापान वा खाना खुवाउने गरेको मान्छे पनि हुँ ।’

यस्तो छ उनको पछिल्लो पोष्ट
आज विहान मैले बुटवलमा कोरोना संक्रमणबाट निधन भएका एक जना विरामीको शव, न अस्पतालले, न सुरक्षाकर्मीले कसैले उठाउन मानेर २६ घंटा अलपत्र परेको मार्मिक हृदय विदारक घटनाको सन्दर्भमा मान्छेले मरे पछि जे सुकै होस् भन्न पनि पाएन भन्ने सन्दर्भमा 'मरेपछि ... राजा' भन्ने एउटा स्टेटस पोष्ट गरेको थिएँ । उक्त पोष्टलाई लिएर मेरा केही दलित दाजुभाइ दिदीबहिनी मित्रहरूमा गलतफहमी सिर्जना हुन पुगेको सुन्दा र त्यसबाट उहॉहरूको चित्त दुख्न पुगेको प्रतिकृयाहरू देख्दा मलाई पनि ज्यादै नराम्रो अनुभूति भएको छ। त्यो स्टेटसमा अनर्गल क्रिया, प्रतिकृया, आरोप प्रत्यारोपयुक्त कमेन्टहरू धमाधम बढ्दै गलत दिशामा वहस अघि बढ्दै गएपछि केही बेरमै मैले त्यो स्टेटसलाई ईडिट समेत नगरी पूरै डिलिट गरेको थिएँ । तर केही गलत मनसायका मानिसहरूले फटाफट स्क्रिनशट गरेर मलाई निच देखाउन हतार हतारमा आआफ्ना वालमा उक्त तत्कालै डिलिट गरिसकेको स्क्रिनशट फोटो पोष्ट गर्दै गरेको भेटिदै गएको देख्दा म अचम्भित हुन पुगेको छु ।

म समाजमा जात, जाति, धर्म, लिंग, रूप, रंग, भाषा, भेष, भौगोलिकता, सम्पत्ति, शक्ति, पद वा धनकै आधारमा कुनै खाले सामाजिक विभेदको कडा बिरोधी र भेदभावबिनाको समान समाजको कट्टर पक्षधर हो । म आफू त्यस्तो गलत सोच्ने कुरा सपनामा पनि कहिल्यै चिताउन पनि सक्दिन ।

म बाहुन जात परिवारको भए पनि मेरा स्कूलकालमा मिल्ने धेरै दलित साथीहरू थिए। म तिनलाई बेला बेलामा घरमै बोलाएर मेरा छुवाछुत मान्ने पुराना धारणाका कट्टर बाआमालाई सम्झाईबुझाई गर्दै चियापान वा खाना खुवाउने गरेको मान्छे पनि हुँ ।
गलत मनसायका मानिसहरूको उक्साहटमा आएर लेखनको प्रसंगलाई नजर अन्दाज गर्दै दलित समुदायलाई अपमानित गर्यो भनेर मप्रति आरोप लगाउनु सरासर अन्याय पनि हो।
तर पनि सदियौं देखिको शोषित विभेदित वर्गमा मेरो लेखनबाट मैले कल्पना नै गर्न नसक्ने अर्थ लागेर वा लगाईएर चोट पुगेको रहेछ भने म सबै दलित मित्रहरूसंग हार्दिक क्षमा माग्न हिच्किचाउदिन र त्यसैले क्षमा मागेको छु।

दलित वर्गको समस्या समाधान गर्ने दिशामा म पनि अन्य मै हुँ भन्ठान्ने कुनै दलित राजनीति गर्ने नेता वा कार्यकर्ता भन्दा कम क्रान्तिकारी थिईन वा छैन भन्ने कुरा पनि सविनय अवगत गराउन पनि चाहन्छु।

मेरो उक्त पोष्ट मैले नै तत्काल डिलिट गरेपछि कमेन्ट गर्न मिल्ने कुरै भएन । पोष्ट डिलिट गरेपछि कथा र मुद्दा त्यही सकिएको मान्नुपर्छ। तर समाजका गलत मनसायमा जेमा पनि कुराजनीति घुसाएर द्वन्द बढाएर रम्ने मानिसहरूले लेख्न के पाएको हुदैन फटाफट स्किनशट गर्दै अनर्गल प्रसार प्रचार अभियान सुरू गरेर सोही आधारमा समाजमा जातीय विभेद र बैमनष्यता फैलाउन गरेको कुचेष्टा र रवैयाप्रति भने म खेद ब्यक्त गर्न चाहन्छु। कसैको मनमा चोट पुगेकोमा दु:ख ब्यक्त गरेको छु भने कुचेष्टा गर्ने त्यस्ता दुष्ट गलत तत्वहरूसंग सबै दलितवर्गका दिदीबहिनी दाजुभाइहरू पनि सदा सजक रहिरहनुपर्छ भन्ने आग्रह र निवेदन पनि गरेको छु।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...