पूर्व सचिव उपाध्यायले ‘मरेपछि डुमै राजा’ भनेपछि...

Bhim upadhyaya 9

काठमाडौं । देशभरका सिंगो दलित समुदायलाई होच्याउने उखान हो ‘मरेपछि डुमै राजा । यो उखानप्रति सधैं दलित समुदायले आलोचना गर्दै आएका छन् ।

यही उखानका कारण कतिपय व्यक्तिहरुले सार्वजनिक रुपमै माफी मागिसकेका छन् । आज फेरि सरकारका पूर्वसचिव भीम उपाध्यायले सिंगो दलित समुदायलाई अपमान गर्नेगरी सामाजिक सञ्जालमा ‘मरेपछि डुमै राजा’ भनी लेखेका छन् ।

पूर्वसचिव उपाध्यायलाई गत वैशाख १० मा सरकारविरुद्ध जथाभावी लेखेपछि साइवर ब्यूरोले पक्राउ गरेको थियो । तर उनी बैशाख १५ गते २५ हजार धरौटी बुझाएर रिहा भएका थिए । उपाध्यायले फेरि सिंगो समुदायलाई हिंसा गर्नेगरी तुत्छ भाषाको उखान प्रयोग गर्दै सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

उनले बुटवलमा मृत्यु भएका कोरोना संक्रमितको लास उठ्न नसकेको विषय उठान गरेका थिए । तर, उनले सिंगो समुदायको मानमर्दन हुनेगरी प्रारम्भमै ‘मरे पछि डुम्बै राजा’ आहान हावा खुवायो कोरोनाले’ लेखेका छन् । उद्यपि उनले आफ्नो फेसबुकबाट स्टाटस हटाइसकेका छन् ।

उनले आफ्नो वालबाट सो स्टाटस हटाएपछि उनको चौतर्फी आलोचना भइरहेको छ । दलित समुदायका युवाहरुले उनले जातीय विभेद गरेकाले छुवाछूत ऐन अनुसार कारवाही गर्न माग गरेका छन् । यसअघि गायीका कोमल ओलीले एक प्रसंगमा ‘मरेपछि डुमै राजा’ चौतर्फी आलोचना भएको थियो । त्यसपछि ओलीले सार्वजनिक रुपमै माफी मागेकी थिइन् ।

सरकारको उच्च ओहोदामा बसिसकेका उपाध्यायले त्यस्तो तुच्छ स्टाटस लेखेपछि मरिक सेवा समाजले यसको विरोध जनाएको छ । समाजकी पूर्व अध्यक्ष सुनिता मरिकले उपाध्यायको भनाई नै तुच्छ भएको प्रतिक्रिया दिइन् ।

‘यो देश मा डोम राजा भएको कहिले देख्नु भएको छ ? हो तपाईंको धर्मले भनेअनुसार मरेपछि चिता जलाउन डोम (डुम) सँग आगो किन्नुपर्ने हुन्छ, यो हिन्दु धर्म कथित संस्कार हो । डोमसँग आगो किनेर जलाएपछि तपाईं स्वर्ग पुग्ने कथन छ । अन्यथा नर्कमा बाँस हुन्छ’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘माफी माग्नुस्, आम कथित समुदायसँग । संविधानले तोकेको धाराअनुरुप जान नपरोस् ।’

तराईमा माता साबित्रीको पुजा गर्छन् । डोम समुदायले बनाएर दिएको बासको सामाग्री दिएपछि पुजा शुद्ध हुने गर्छ भन्ने जनविश्वास छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वउपराष्ट्रपति पुत्र दिपेश पुनलाई लगियो रुपन्देही

Dipesh pun

काठमाडौं । काठमाडौंमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई रुपन्देही...